www.tandavnews.com
Fact ~ In search of truth

कंगारु एजुकेशनको ‘एड्मीसन डे अष्ट्रेलिया’ आजदेखि सुरु

पोखरा
ताण्डव न्यूज ।

अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि कंगारु एजुकेशन फाउण्डेशन पोखराको आयोजनामा ‘कंगारु एड्मिसन डे अष्ट्रेलिया’ कार्यक्रमको आजदेखि सुरु भएको छ । चिप्लेढुंगा स्थित सेलवेज टावरको पाचौं तलामा रहेको कंगारुको कार्यालयमा आज श्रावण १८ र भोली १९ गते दुई दिन कार्यक्रमको आयोजना गरिएको हो ।

Batas

अष्ट्रेलिया स्थित विभिन्न यूनिभर्सिटी र कलेजका प्रतिनिधीहरु सँग विद्यार्थीहरुले प्रत्यक्ष रुपमा भेट गरी सम्पुर्ण जानकारी लिन सक्नेछन् ।

साथै आफुलाई उपयूक्त हुने कलेज तथा विश्वविद्यालयमा भर्नाका लागि समेत आवेदन गर्न सक्ने सुबिधा प्रदान गर्ने गरि यो कार्यक्रम राखिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका कार्यकारी निर्देशक टि.आर. काफ्लेले बताए ।

अन्य शैक्षीक मेला भन्दा फरक किसिमले आयोजना गरिएको कंगारु एड्मीसन डे मा सहभागिता जनाउने विद्यार्थी तथा अभिभावकलाई कंगारु एजुकेशन पोखराले गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेको छ ।

कंगारु एजुकेशन पोखराको आफ्नै कार्यालय परिसरमा जारी शैक्षिक मेलामा अष्ट्रेलिया स्थित ७ यूनिभर्सिटी र ८ वटा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहेको संस्थाका अपरेशन प्रमुख वविता पराजुलीले बताइन् ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुको अष्ट्रेलिया प्रति बढ्दो रुची र सहज भिसा पद्धती भएका कारण वर्षमा तिन पटक भर्ना लिइने अष्ट्रेलियाका लागि यस दुइ दिने कार्यक्रममा नोभेम्वर तथा फेब्रेवरीका लागि निवेदन स्वीकार गरिनेछ ।

 

विहान १० बजे देखि साझ ५ बजे सम्म चल्ने कंगारु एड्मीसन डे मा विद्यार्थीको शैक्षिक योग्यता तथा प्राप्ताङकका आधारमा विभिन्न कलेज तथा यूनिभर्सिटीको छात्रवृति उपलब्ध गराइनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.