www.tandavnews.com
Fact ~ In search of truth

कान्तिपुर होटल ट्रेनिङ सेन्टरद्धारा तालिममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान

पोखरा । 

कान्तिपुर होटल ट्रेनिङ सेन्टरले विभिन्न विद्यामा तालिममा सहभागी विद्यार्थीलाई अाइतबार एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र प्रदान गरेको छ ।

पोखरा ग्राण्डमा आयोजित प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सिटिइभिटी राष्ट्रिय शिप परिक्षण समितिका उप प्रमुख टैलेन्द्र आचार्यले शिप युक्त नेपाल, सम्बृद्ध नेपाल बनाउने अठोटमा कान्तिपुर लागि परेको बताए ।

Batas

उनले शिप सिकेपछि रोजगारीको ज्ञारेन्टी गर्ने एकमात्र संस्था कान्तिपुर रहेकोले उक्त संस्थाको सिको अन्य संस्थाले पनि गर्नुपर्ने धारणा राखे । उनले देशमा शीपयुक्त जनशक्तिको आवश्यकता रहेको बेला राज्यले गर्नेकाम संस्थाले गरेको भन्दै खुशी ब्यक्त गरे । कान्तिपुर होटल ट्रेनिङ सेन्टर सिटिइभिर्टीबाट सम्बन्धन लिएको मध्यमा अब्बल रहेको उनको भनाई छ ।

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाका प्रिन्सिपल प्रकाश रेग्मीले यस्ताखालका तालिम दिने संस्थाले युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने र बैदेशिक रोजगारमा जाँदा पनि दक्ष बनाएर पठाउने गरेको धारणा राखे । उनले विगतमा यहाँका तारे होटलहरुमा विदेशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता भएपनि अहिले यस्ता संस्थाले गर्दा यहीँ जनशक्ति तयार भएको भन्दै खुशी व्यक्त गरे ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले अहिले पनि पोखराका होटलहरुमा झन्डै ३ हजार जनशक्ति अपुग रहेको जानकारी दिए । यस्ता जनशक्तिको आपुर्ति कान्तिपुर होटल ट्रेनिङ सेन्टर जस्ता तालिम केन्द्रले गर्न सक्ने उनको धारणा थियो ।

पर्यटकीय नगरी पोखरामा अहिले २५ हजार जनाले होटल क्षेत्रमै प्रत्यक्ष रोजगारी पाएको जानकारी दिए । यहाँ अझै धेरै स्तरीय होटलहरु सञ्चालनका क्रममा रहेकोले जनशक्तिको माग अझै धेरै हुने र तालिमको झनै आवश्यक रहेको उनको धारणा थियो ।

दुलेगौडा होमस्टे तथा युवा क्लवका अध्यक्ष युवराज भट्टराईले कान्तिपुर होटल ट्रेनिङ सेन्टरसंगको सहकार्यले आफ्नो ठाउँमा जनशक्ति उत्पादन र व्यवसाय गर्न सहज भएको बताए । उनले आगामि दिनमा यस्ता खालका तालिम र शिप दिने सम्बन्धमा सहकार्य गर्दैजाने उल्लेख गरे ।

ट्रेनिङ सेन्टरका अध्यक्ष विजय पौडेलले विगत १५ बर्ष देखि आफ्नो टे«ेनिङ सेन्टरले २४ हजार युवालाई तालिम दिएर देशविदेशमा रोजगार र स्वरोजगारको अवसर प्रदान गरेको जानकारी दिए ।

अष्ट्रेलियाको कलिनरी स्वलुसन अष्ट्रेलियबाट सम्बन्धन लिएर कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज विगत ४ वर्ष देखि सञ्चालनमा ल्याइएको उनले बताए ।

उक्त कलेजमा पढ्ने विद्यार्थीका लागि विभिन्न देशका ५ तारे होटलमा ६०हजार देखि १ लाख ३० हजार रुपैयाँसम्म कमाउनेगरी रोजगारीको ज्ञारेन्टी गरिएको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा १ सय ७५ विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.