www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका विभिन्न स्थानमा चोरी गर्ने गिरोह पक्राउ (नाम/घटनाक्रम सहित)

माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।

कास्कीका विभिन्न स्थानमा चोरी गर्ने १२ जना पक्राउ परेका छन् । गिरोह नै बनाएर चोरी गर्नेहरुलाई कास्की प्रहरीले आज सार्वजनिक गर्यो ।
प्रहरीले विभिन्न ४ घटनामा संलग्न रहेको निश्कर्षसहित उनिहरुलाई सार्वजनिक गरेको हो ।

घटना नं १

Batas

भाद्र २० गते राती १२ः३० बजे पोखरा २७ रिट्ठेपानिमा ३ जनाको समूह चोरी गर्ने उद्धेश्यले एक घरमा जान्छन् । भर्याङ, रड, पेचकस, चक्कु, टर्च लाइट, डोरी र धारिलो हतियार लगायत ढोका फोर्ने सामानका साथ उनिहरु मुल ढोका फोर्न कस्सीन्छन् । मुलढोका फोर्न असफल भएपछि भर्याङको साहाराले पछाडिबाट माथिल्लो तल्लाको ढोका फोर्छन् र घरभित्र पस्छन् ।

घरभित्र छिरेपछि परिवारलाई धम्क्याउन सुरु हुन्छ । आफुहरु पहिलेदेखि नै अपराधी भएको र जेलनेल समेत भोगेको बताउँदै परिवारलाई डर देखाउदै नगद गरगहना जे छ सबै दिन धम्क्याउँछन् । परिवारले हारगुहार गर्छन् । लगत्तै छिमेकिहरु त्यस घरमा प्रेश गरेपछि उनिहरु चोरी गर्न ल्याएको सामान समेत त्यही छाडी कुलेलाम ठोक्छन् ।

घटना पश्चात् इलाका प्रहरी कार्यालय हंसपुरले खोजी कार्य तिव्र बनायो र उनिहरुलाई पक्राउ गर्यो । पक्राउन पर्नेमा पोखरा २७ रिट्ठेपानि बस्ने ५१ वर्षका प्रीतिमान गुरुङ, म्याग्दी जिल्ला साविक कुहु गाविस १ घर भई रिट्ठैपानि बस्ने ४५ वर्षका ज्ञानबहादुर अर्मजा र म्याग्दी साविक कुहु गाविस घर भई रिट्ठेपानि नै बस्ने ३१ वर्षका दिनेश बढुवाल रहेका छन् । पक्राउ परेका तीनै जना यसअघि पनि विभिन्न मुद्धामा कैद भुक्तान गरि छुटेको प्रहरीले जनायो ।

घटना नं २

०७५ जेठ २४ गते पोखरा ट स्थित शिवराम बरालको घर चोरी हुन्छ । घरमा कोही नभएको मौका छोपेर बाग्लुङ बसपार्क बस्ने १९ वर्षिय विकेस केसी र सोही ठाउँका १८ वर्षिय जिरे भन्ने लक्ष्मण केसी चोरीका लागि त्यहाँ पुगेका थिए ।

उनिहरुले करिब ७ तोला सुनका गहना, ४ थान घडी , ३ थान ट्याव, ४ थान मोबाइल, ४५ हजार नगद लगायतका सामान चोरेर त्यहाँबाट फरार हुन्छन् ।

फरार चोरहरुलाई ३ महिनापछि कास्की प्रहरीले पक्राउ गरेको छ ।

उनिहरुले चोरेको सामसुङको ट्याव पोखरा १८ बस्ने तारानाथ परियारले खरिद गरेको थाह भएपछि उनलाई पनि अनुसन्धानका लागि थुनामा छन् । यस्तै चोरिएका सुनका गहना डिकमा राखी लागु औषध, पैसा दिने गरेकी नालामुख बस्ने ३३ वििर्षय मञ्जु केसी पनि अनुसन्धानका लागि थुनामा छिन् ।

विकासको टोलीले अन्य स्थानमा पनि चोरी गर्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

घटना नं ३

०७५ श्रावण २६ गते अमरसिंहका मिथुन केसी रातोपहिरोबाट लेकसाइड आउँदै गर्दा लुटिए । स्कुटरमा आएका दुई युवाले मोबाइल, १२ हजार नगद र सुनको ब्रासलेट चोरेको घटना तत्काल बैदाम प्रहरीलाई जानकारी गराए ।

अनुसन्धान पश्चात् अन्ततः चोरको पहिचान भयो । र, पक्राउ पनि परे । पक्राउ पर्नेमा पोखरा ७ मासबार बस्ने २४ वर्षका प्रतीक पहारी र सोही ठाउँका २६ वर्षका गणेश परियार छन् ।

घटना नं ४

०७५ भाद्र २१ मा १२ः३० बजे चिप्लेढुङ्गा, न्यूरोडमा प्रहरीले २ युवती र १ युवकको शंकास्पद गतिविधि देख्छन् । शंका लागेर सोधपुछ गर्न खोज्दा उनिहरु भाग्न कोसीस गरेपनि प्रहरी फन्दामा पर्छन् ।

पक्राउ पश्चात् सोधपुछ गर्दा उनिहरुले मुक्तिनाथ बैंक चोरी गर्ने योजना बनाएको र विभिन्न समयमा रेकी गर्ने गरेको बताएको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ पर्नेमा पोखरा १४ काजिपोखरी बस्ने २१ वर्षका सन्देश गुरुङ, म्याग्दी जलजला ६ बस्ने वर्ष २० कि सुनिता पुन मगर र पोखरा ९ नयाँबजार बस्ने १९ वर्षकी सुचित्रा थकाली रहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.