www.tandavnews.com
Fact ~ In search of truth

गल्ती गर्दै कास्की प्रहरी

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सचिन सिंजालीको हत्याका आरोपी कुमार गर्बुजालाई सार्वजनिक गर्दा गल्ती गरेको गुनासो आएको छ ।

कास्की प्रहरीको त्यो त्रुटिले दुर्घटना निम्त्याउन सक्ने नाम नबताउने सर्तमा एक प्रहरी अधिकृतले बताए । ‘एक त हत्यामा आरोपी गर्बुजालाई म्याद थप गरी दुई–तीन दिन अनुसन्धानमा राखेर वल्ल सार्वजनिक गर्नुपर्ने थियो, कास्की प्रहरी हतारियो,’ उनले भने, ‘अर्को ठूलो गल्ती भनेको आरोपी गर्बुजालाई सञ्चार कर्मसँग अन्तरवार्ता दिने वातावरण मिलाउनु हो ।’

Batas

त्यतिमात्र होइन कास्की प्रहरीले यसभन्दा अघि चोरीका घटनामा पनि यसरीनै आरोपीसँग सञ्चार माध्यमले अन्तरवार्ता लिने वातावरण मिलाएको उनले बताए । ‘पटक–पटक कास्की प्रहरीले यस्तो गल्ती गरेको छ,’ उनले थपे, ‘कास्की प्रहरीले अनावश्यक प्रचारको लागि आरोपीसँग अन्तरवार्ता मात्र होइन संचार माध्यमलाई अनुन्धानकै क्रममा सिसि फुटेज पनि उपलब्ध गराउदै आएको छ ।’

हुन पनि कास्की प्रहरीले प्रचारको नाममा मंगलबार म्याद थप नगरी हतारहतारमा पत्रकार सम्मेलन गरेको र बुधबार(आज) मात्र म्याद थपको लागि लागिएको कास्की प्रहरी स्रोतले बतायो ।

ति प्रहरी अधिकृतका अनुसार प्रहरीले पत्रकार सम्मेलनमा आवश्यक जानकारी दिनुपर्ने थियो ।

‘हौसियर काम गर्दा कन्चनपुरको घटना जस्तै नहोला भन्न सकिदैन्,’ उनले भने, ‘आरोपीले आफूले स्वीकार गर्दा पनि प्रमाण नपुगेर कन्चरपुरमा उल्टो प्रहरीमाथी प्रश्न चिन्न खडा भएको उदाहरण हामीकहाँ छ । यसरी सञ्चार माध्यमलाई हत्याको आरोपीसँग मजाले कुरा गर्न दिँदा यसले कस्तो सन्देश जाला ? त्यसैमाथी त्यसदिन त्यहाँ पत्रकार सम्मेलनमा आएका अधिकांश व्यक्ति गैरपत्रकार थिए ।’

हत्या जस्तो कुरामा पत्रकार सम्मेलन गर्दा अझ संयम भएर प्रहरी अघि बढ्नु पर्ने उनको चिन्तन थियो । ‘आरोपीलाई त्यसरी खुलेआम कुरा गर्न दिँदा, जसको हत्या भएको हो उसको आफन्तले पनि त्यहाँ आक्रमण नगर्ला भन्न सकिदैन्,’ उनले भने । मंगलबार भएको पत्रकार सम्मेलनमा त्रुटि भएको भन्ने कुरा प्रदेश प्रहरीकहाँ पनि पुगेको उनले सुनाए ।

त्यसरी हत्याको आरोपीसँग अन्तरवार्तानै दिन समय छुट्टयाउन नहुने ४ नं प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक (डिआइजी) दानसिंह बोहराले ताण्डव न्यूजसँग बताए ।

‘अनुसन्धान गरि प्रमाण पुगेपछि पत्रकार सम्मेलन गर्नुपर्छ,’ उनले भने, ‘पत्रकार सम्मेलनमा आवश्यक परेको मात्र सूचना दिने हो, यसरी आरोपीलाई अन्तरवार्तानै दिन मिल्दैन ।’

यो पनि

कास्की प्रहरीमा भद्रगोल पत्रकार सम्मेलन, गैर पत्रकार हाबी

युवतीको विषयलाई लिएर नशामा हत्या

लेकसाइडमा एक किशोरको घाँटी रेटेर हत्या

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.