www.tandavnews.com
Fact ~ In search of truth

आफ्नो जमाना ल्याउन खोज्ने चौधरी यो समय कास्की प्रहरी हिरासतमा

पोखरा
ताण्डव न्यूज ।

समय दिनको साढे १२ बजे । पोखरा–८ सिमलचौर एक घरको कोठामा । ‘टाईम नही अप्ना तो जमाना आएगा’ अर्थात ‘आफ्नो समय होइन जमाना आउँछ’ यही वाक्य लेखिएको टिसर्ट लगाएर उनी कोठामा प्रवेश गर्छन् । हल्का दारी जुङगा, फिक्का गुलावी रङको टिसर्ट, निलो जिन्स पाइन्, कालो टोपी, हरियो जुत्ता ।

पोखरामा ब्राउन सुगर भित्र्याएर आफ्नो जमाना ल्याउने लक्ष्य लिएका बाँकेका ३८ बर्षीय सत्या चौधरीको समय र जमाना त्यही नेर टुङ्गियो जब डिलरसँगै प्रहरी देखे उनले । कास्की प्रहरीले एक हप्तादेखि रेकी गरेका स्याङजा आधिखोला गाउँपालिका–१ सिरुवारी घर भई हाल पोखरा–८ वस्ने अविन गुरुङलाई चौधरीले ब्राउन सुगर वेच्न आएका हुन् । चौधरी सप्लायर र अविन पोखराका ठूलै डिलरको रुपमा चिनिन्छन् ।

Batas

‘डिलर र सप्लायरको भेट हुँदैछ’ भन्ने सूचना पाएपछि कास्की प्रहरीको एक टोली बुधबार विहान ५ बजेदेखि गुरुङलाई नियन्त्रणमा लिएर कोठामै चौधरीलाई कुरेर बसे । विहानबाट कुरेको चौधरी साढे १२ बजे बल्ल गुरुङको कोठामा प्रवेश गरे । चौधरीको साथबाट करिब १३ ग्राम ब्राउन सुगर र सोही जोख्ने मेसिन बरामद भयो ।

चौधरीले भारतबाट भित्राइएको ब्राउन सुगर नेपाल गञ्जबाट एक ग्रामको ३ हजार ८ सयमा किनेर पोखरा अविनलाई ७ हजारमा बेच्ने गर्छन् । स्रोतका अनुसार अविनले पोखरामा प्रति ग्राम ४० हजारमा ब्राउन सुगर बेच्ने गरेका छन् ।

गुरुङ विगतमा पनि यस्तै क्रियाकलापमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए । ‘गुरुङ मुख्य पात्र हो र चौधरी सहयोगी हुनपर्छ,’ उनले भने, ‘उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाएका छौं।’  कास्की प्रहरीको टोलीले निकै मिहेनत गरेर पक्राउ गरेको उनले सुनाए । ‘एक हप्ताको प्रयासपछि पक्राउ गरियो,’ उनले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.