www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरीलाई फेरि रकम असुलेको आरोप

पोखरा
ताण्डव न्यूज ।

करिब दुई साता अघि जिल्ला प्रहरी कार्यालय कास्कीको मातहतमा रहेको प्रहरी चौकी सराङकोटका इन्चार्जले प्याराग्लाइडिङ व्यवसायीसँग गुण्डागर्दी शैलीमा रकम असुल गरेको भन्ने घटना सेलाउन नपाउँदै फेरी कास्की प्रहरीलाई अर्को आरोप लागेको छ ।

सराङकोटमा कार्यरत असई गोविन्दबहादुर केसीको नामनै किटान गरेर अग्नी प्याराग्लाइडिङका संचालक करणजङ क्षेत्रीले ताण्डव न्यूजकै कार्यालयमा आएर गुनासो गरेका थिए । त्यसै बिहीवार राति पोखरा सिर्जनाचोकमा चेकिङमा खटिएका प्रहरीले रकम असुलेको घटना सार्वजनिक भएको हो ।

Batas

लेकसाइड हुँदै पृथ्वीचोक आउने क्रममा एक जना बैंकरसँग मापसे चेकिङ गर्ने प्रहरी टोलीले रकम असुलेको गुनासो आएको हो ।

घटना बारे ताण्डव न्यूजले सम्बन्धीत बैंकरसँग फोनमा कुराकानी गर्दा प्रहरीले रकम लिएको बताए ।

‘पार्टीमा गएर आएको थिए, अलि अलि खाएको थिए,’ उनले भने, ‘समातेपछि न त गाडी लैजान मान्छ, न त मलाई जान दिन्छन्, रकम असुल्ने नियत रहेछ पैसा दिएपछि गाडि सहित छाडिदियो ।’

बैंकरले आफ्नो नाम नराख्न अनुरोध गरे । ‘गाडी समातेर भोलि पल्ट भोग्नु पर्ने कारवाही त भोगी हाल्थेनी तर रातिभर जान नदेला भन्ने डरले आफूसँग जति रकम थियो पुरै दिए,’ उनले भने, ‘खल्तीमा ६/७ हजार थियो होला ।’ घटना बिहीवार राति १२ बजेतिरको हो ।

घटना बारे छानबिन भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले बताए । ‘घटना बारे जानकारी आएकै रातिबाट छानबिन सुरु गरेका हाै‍,’ उनले भने, ‘गल्ती गरेको ठहर भए कडा कारवाही हुन्छ ।’

त्यसदिन सो क्षेत्रमा हवलदार नारायण ढकालको नेतृत्वमा चेकिङ भएको एसपी रानाले बताए ।

याे पनि पढ्नुहाेस् । 

गुण्डागर्दी शैलीमा असुली गर्दै असई केसी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.