www.tandavnews.com
Fact ~ In search of truth

अप्रेशन ड्रग्स : रुपेश र कुमार ब्यूरोकाे फन्दामा

पोखरा
ताण्डव न्यूज ।

लागु औषध नियन्त्रणमा ‘सिरियल अपरेशन’ थालेको कास्की प्रहरीले आइतबार र मंगलबार ठुलो मात्रामा लागु औषधसहित २ ब्यक्ति नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्यूरो पोखराका प्रहरी निरिक्षक टेक बहादुर रावतको कमाण्डमा खटिएको टोलीले लागु औषधसहित ब्यक्ति पक्राउ गरेको हो ।

प्रहरीले मंगलबार पोखरा ६ नारेश्वर बस्ने २३ वर्षका रुपेश अधिकारी र आइतबार पोखरा ८ बगालेटोल बस्ने कुमार गुरुङलाई विभिन्न लागुऔषधसहित पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

Batas

रुपेशलाई शंकास्पद अवस्थामा फेलापारी नियन्त्रणमा लिई तलासी गर्दा कालो रङको ट्राउजरको अगाडीको दाहीने तर्फको खल्ती भित्र सेतो प्लाष्टिक लुकाएको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ७ ग्राम फेला परेको छ ।

यस्तै कुमारले पोखराका विभिन्न स्थानहरुमा ओसारपोसार गर्छन् भन्ने सुचनाको आधारमा अनुसन्धानमा लागेको प्रहरीले उनको कालो झोलाबाट बुप्रिनर्फिन ईन्जेक्सन २ एमएलको १२३ एम्पुल, डाईजापाम ईन्जेक्सन २ एमएलको १२३ एम्पुल,फेनरागन ईन्जेक्सन २ एमएलको १२३ एम्पुल गरी जम्मा ३६९ थान फेला पारेको हो ।

दुवै जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरो पोखराले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.