www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका अटेरी खेलकुद संस्था

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्ला खेलकुद विकास समितिको मातहतमा विभिन्न खेलका ८९ वटा संघ संस्था छन् ।

खेलसँग सम्बन्धित सबै संघ संस्था राष्ट्रिय खेलकुद परिषदको विधान अनुसार गठन हुने गर्छ । सोही अनुसारको काम गर्नुपर्छ । कास्कीमा रहेका अधिकांश संस्था गठन मात्र भएको तर काम नगरेको पाइन्छ ।

Batas

सबैभन्दा पहिला कुनै पनि खेल सम्बन्धी संस्थालाई आधिकारीक रुप दिन प्रक्रियामा जानु पर्छ । पहिला तदर्थ समिति गठन हुन्छ । त्यसपछि ६ महिना भित्र अधिवेशन गरि संघले आफ्नो काम अघि बढाउनुपर्छ ।

जसमा नियमित खेल, प्रशिक्षण, कार्य र आर्थिक प्रतिवेदन नियमित पेश गर्नुपर्छ । तर, जिल्ला खेलकुद विकास समितिले दिएको विवरण अनुसार १३ वटा संघले मात्र नियमित कार्य र आर्थिक प्रतिवेदन जिल्ला खेलकुद विकास समितिलाई पेश गरेका छन् ।

व्याडमिन्टन संघ कास्की, तेक्वान्दो संघ, लन टेनिस संघ, आर्चरी संघ, क्रिकेट संघ, स्क्वास एण्ड ¥याकेट संघ, सितोरियो कराँते संघ, टेलब टेनिस संघ, बास्केटल संघ, क्योकुसिन बुँदोकाइ कराँते संघ, स्ट्रोङगेष्ट कराँते संघ, भलिबल संघ र ट्रायथोलन संघ कास्कीले तोकिएको माण्दण्ड भित्र रही कार्य गरि कार्य तथा आर्थिक प्रतिवेदन पेश गरेको पाइन्छ ।

एन्फा कास्की, हेण्डबल संघ, साइकल संघ, एथ्लेटिक्स संघ, कवड्डी संघ, पौडी संघ, सुटिङ संघ, भारोतोलन संघ, शारिरीक सुंगठन तथा फिट्नेस संघ, उसु संघ, वुद्धिचाल संघ, गल्फ संघ र मोयाथाइ बक्सिङ संघले अधिवेशन मात्र गरेर कार्य र आर्थिक प्रतिवेदन पेश गरेका छैनन् ।

अधिवेशन मात्र गरेर सामान्य जिम्मेवारी पूरा गर्न नसक्ने १४ वटा संघ संस्थाले कार्य र आर्थिक प्रतिवेदन नबुझाएको कास्की जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

एन्फा कास्की, हेण्डबल संघ, साइकल संघ, एथ्लेटिक्स संघ, कवड्डी संघ, पौडी संघ, सुटिङ संघ, भारोतोलन संघ, शारिरीक सुंगठन तथा फिट्नेस संघ, उसु संघ, वुद्धिचाल संघ, गल्फ संघ र मोयाथाइ बक्सिङ संघले अधिवेशन मात्र गरेर कार्य र आर्थिक प्रतिवेदन पेश गरेका छैनन् । त्यो बाहेक अन्य संघ संस्थाले तदर्थ समिति गठन गरेर मात्र छाडेका छन् ।

यि संघ संस्थालाई पटक–पटक पत्राचार नै गरेर प्रतिवेदन पेश गर्न आग्रह गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । ‘राष्ट्रिय खेलकुद परिषद्को विधान अनुसार कार्य र आर्थिक प्रतिवेदन पेश गर्नु पर्ने हो,’ उनले भने, ‘हामीले बारम्बार प्रतिवेदन पेश गर्न मौखिक र लिखित आग्रह गर्दा समेत पठाएका छैनन् ।’

संघ संस्थालाई तोकिएकाकै मापदण्ड पूरा गर्ने जिम्मा संस्थाका पदाधिकारीको रहेको बरालले सुनाए । ‘मापदण्ड भित्र पनि प्रतिवेदन सामान्य कुरा हो तर पनि पेस गर्न नसक्नु गैरजिम्मेवारीपन हो,’ उनले भने, ‘समितिमा प्रतिवेदन पेश गर्नुपर्ने भन्ने छ तर पेश नगरेको खण्डमा के गर्ने भन्ने उल्लेख छैन् ।’

खेलकुद सम्बन्धी धेरै संघ संस्था पद लिनका लागि मात्र गठन हुने गरेको एक खेलाडीले बताए । ‘सबैलाई पद चाहिने, दम्व देखाउनु पर्ने काम भने नगर्ने,’ खेलाडीले भने, ‘कार्य र आर्थिक प्रतिवेदन पेश गर्न नसक्ने संघ संस्थाले घोटाला गरेको हुन सक्छ ।’ आर्थिक पारदर्शीका लागि भएपनि पेश गर्नुपर्ने उनको भनाई थियो । ‘संघमा आफू खुशी बस्ने र काम गर्ने पैसा उठाउने खाने गर्न पाइदैन,’ उनले भने, ‘संघको जिम्मेवारी पूरा गर्न नसक्ने पदाधिकारी किन पदमा बस्ने वेकार ?’ । वेलैमा प्रतिवेदन बुझाउन नसक्ने संघ संस्थालाई जिल्ला खेलकुद विकास समितिले कडा कारवाही गर्नुपर्ने उनले बताए ।

‘काम नगर्ने संघ संस्थालाई खारेज गर्दिए हुन्छ,’ उनले भने, ‘व्यक्तिगत स्वार्थ पूरा गर्दै खेल क्षेत्रलाई धमिल्याउन खोज्नेहरुको जमातले संस्था विग्रिएको हो ।’ आफ्नो ठूलो संस्था भन्नेहरुले पनि अटेर गरेर प्रतिवेदन पेश गर्न नसक्नु लाजमर्दो विषय बनेको उनले सुनाए ।

‘एक दुई कार्यक्रम ग¥यो, त्यसैको नाममा पैसा उठायो अनि खायो, ‘जुन संघ संस्थाले आर्थिक प्रतिवेदन पेश गर्दैनन् त्यस्तो संघ सस्थालाई पैसा खाएको भन्न मिल्ने कि नमिल्ने ?’ उनले सुनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.