www.tandavnews.com
Fact ~ In search of truth

ठग ! काठमाडौँ स्टिल प्रालि, इजाजतपत्र खारेज

काठमाडौँ (रासस)

नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौँ स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज गरेको छ ।

विभागमा आज बसेको बैठकले गुणस्तरबमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो ।

Batas

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजतपत्र खारेज गरेको जानकारी दिए ।

उक्त उद्योगबाट उत्पादित ५०० ग्रेडका आठ मिलिमिटर, १० मिलिमिटर, १२ मिलिमिटर र १६ मिलिमिटरका फलामे डण्डी विभागको प्रयोगशालामा परीक्षण गराउँदा निर्धारित मापदण्डभन्दा कम पाइएपछि विभागले इजाजतपत्र खारेज गरेको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.