पोखरा, ताण्डव न्यूज ।
१) कस्तो खालको कपडा बढी लगाउनुहुन्छ ?
पेसा र जिम्मेवारीसँगै फर्मल ड्रेस नै लगाउने गर्छु । त्यसमा पनि बढीमात्रामा साडी नै लगाउँछु । अफिस समयभन्दा बाहिर प्राय क्याजुअल ड्रेस मै भेटिन्छु । यस्तो उस्तो भन्दा पनि प्राय समयअनुसार सबै खालको पहिरन लगाउँछु ।
२) कपडा किन्दा ब्रान्डेड च्वाइस कत्तिको गर्नुहुन्छ ?
ब्रान्डभन्दा पनि कपडाको बनावट मन पर्न पर्छ । रंग र प्याटन मन प¥यो भने सस्तो महंगो केही नभनी किनिहाल्छु । कपडा किन्दा बार्गेनिङ पनि सकेसम्म गर्छु ।
३) मासिक कपडामा कत्ति खर्च गर्नुहुन्छ ?
यतिनै खर्च हुन्छ भन्ने योजना गर्दिन् । बजार डुल्ने समयहुँदैन त्यसैले पनि अनलाइन सपिङ गर्छु । बजारमा काम परेको बेला डुल्दा मन प¥यो भने किन्छु । कहिलेकाँही लामो समय सम्म पनि कपडा किनेको पनि हुँदिन् ।
४) आजसम्म सबैभन्दा महंगो लुगा कुन लगाउनुभएको छ ? त्यसको मूल्य कति ?
चारवर्ष अघि १५ हजारको कुर्था लगाएको थिएँ । पछि मन परेन र यत्तिकै पोको पारेर राखेको छुँ । सस्तोमा आफै डिजाइनर गरेर टे«लरमा दिए सन्तोषजनक हुन्छ जस्तो लाग्छ ।
५) कपडा किन्न कोसँग कस्ता पसलहरु जानुहुन्छ ?
कहिले एक्लै त कहिले छोरासँग जान्छु । १५ वर्षको छोराले हुन्छ हुँदैन भन्ने सल्लाह दिन्छ । मन पर्न प¥यो जस्तो पसलबाट पनि किन्छु ।
६) सानोमा छँदा तपाईले लगाएको मन पर्ने पहिरन ?
कपडा भने याद छैन मलाई बरु जुत्ता किन्न असाध्यै मन पथ्यो । इन्डिया छँदा कक्षा एकमा पढ्दा खेरी बुवाले स्यान्डल किन्दिएको सम्झन्छुँ ।
७) गर्मी समयमा कस्तो लुगा मन पर्छ ?
गर्मी समयमा ब्राइट कलरको लाइट क्याजुअल ‘वान पिस’ मन पर्छ । साडी र जिन्सपाइन्ट पनि ठाउँ अनुसार लगाउने गर्छु ।
८) तपाईलाई मन पर्ने कलर ?
सिजनअनुसारको मन पर्छ । जस्तो कि गर्मी समयमा उज्यालो कलरहरु, पहेंलो, सुन्तलारंग, निलो आदी जसले मलाई खुशी र एक्ट्रिभ देखाउँछु पनि । जाडोयामममा ग्रे अनि डार्ककलर मन पर्छ ।
९) पहिलो पटक आफ्नै पैसाले किनेको कपडा ?
ट्याक्क याद छैन् तर पनि कुर्था हो कि जस्तो लाग्छ ।
१०) पहिरनले कसरी व्यक्तित्व झल्काउँछ ?
अवस्य, पहिरनले नै पहिलो प्रभाव झल्काउँछ । जमना प्राक्टिकल छ त्यसैले पफम्समा इम्प्रेसरन माग्छ । नयाँ र महंगो नै होइन सफा र ड्याङको पहिरनले पक्कै पोजेटिभ इम्प्रेसन दिन्छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.