www.tandavnews.com
Fact ~ In search of truth

ताप्लेजुङबाट भागेको हत्यारा कास्कीमा पक्राउ

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले हत्या आरोपी दुई जनालाई पक्राउ गरेको छ । ताप्लेजुङमा २०६६ साल वैशाख ५ दिलबहादुर र उनको श्रीमतीलाई हत्या गरी फरार रहेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले बताए ।

ताप्लेजुङका सपुतमान लिम्बुलाई पक्राउ गरिएको एसपी रानाले बताए । रानाका अनुसार लिम्बुले चक्कु प्रहार गरेर हत्या गरेका थिए ।

Batas

‘घटना बुझ्दा श्रीमान श्रीमतीलाई पेटमा चक्कु प्रहार गरेर हत्या गरेका रहेछन् । श्रीमतीको पेटमा बच्चा थियो,’ उनले भने, ‘ मेला हेरेर फर्कदा कोप्चे भन्ने ठाउँको एक होटलमा विवाद भएपछि होटेल सञ्चालक दिलबहादुर र उनको श्रीमतीलाई लिम्बुले चक्कुले हानेर हत्या गरेर फरार भएका थिए । ’

कास्की प्रहरीले लिम्बुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.