www.tandavnews.com
Fact ~ In search of truth

किरण खड्का स्मृती सेभेन ए साइडमा आर्दश र एलजीको संघर्षपूर्ण जित

पोखरा,

शितल ज्योती यूवा क्लब द्वारा आयोजित दोश्रो स्व किरण खडका स्मृती सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरण प्रि क्वाटरका खेल जारी रहंदा भण्डारढिक स्थित आर्दश यूबा क्लबले चैट–चैट–चैट एफसी माथी संघर्षपूर्ण जित निकालेको छ ।

बुधबार जारी खेलमा प्रतियोगिताको बलियो मानिएको चैट–चैट–चैटलाई ४–२ ले पराजित गरेको हो । मध्यान्तर सम्म चैट–चैट–चैट तोरण गुरुङ र विश्वास श्रेष्ठको २ गोलको अग्रता संगै अगाडी बढेको भएपनि मध्यान्तर पछि भने अग्रतालाई जोगाउन सकेन । मध्यान्तर पछि आर्दशका बिबेक गुरुङले २, अर्जुन राना मगर र बेल प्रसाद गुरुङले समान १–१ गोल गर्दै टिमलाई क्वाटर फाइनलमा प्रवेश गराए ।

Batas

यसै गरि प्रतियोगिताका प्रि–क्वाटरका अन्तिम दिनका खेलमा चार खेलहरु भने टाइ ब्रेकरमा सकिएका छन । जारी प्रतियोगितामा एलजी एशोसियसन र मिलनटोल व्ल्याक बिचको खेलको नतिजा पनि टाइ ब्रेकरमा सकियो । एलजीका लागि सुलेमान मगर र मिलनटोलका लागि निर्धारित समयमा १–१ गोल गरेपछि भएको टाइब्रेकरमा एलजीले मिलनटोललाई ७–६ ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान शुरक्षित गर्यो ।

काजी पोखरी र गार्डेन एफसीको बिचको खेलमा कुनै गोल नभएपछि टाइब्रेकरमा धकेलिएकोमा गार्डेनले काजी पोखरीलाई २–१ गोलले पाखा लगायो । यस्तै अर्को खेलमा सत्य यूवा क्लब बाँझापाटन र दोब्रे एफसीको खेल निर्धारित समयमा १–१ गोलमा सकिएपछि टाइ बे्रकरमा दोब्रेले सत्य यूवा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो ।

यस अघि निर्धारित समयमा सत्यका लागि हरी गुरुङ र दोब्रेका लागि नरेश केसीले गोल गरेका थिए । यसै गरि अर्को खेलमा रञ्जन मेमोरियले टाइ ब्रेकरमा मसिना एफसीलाई २–१ गोलले पराजित गर्यो

बिटी क्लब र संगम एफसी विच भएको खेलमा संगमले २–१ गोलले जित दर्ता गराएको छ । संगमका लागि बिबेक गुरुङले २ गोल गरे भने बिटीका लागि कुमार गुरुङले १ गोल फर्काए ।

प्रतियोगितामा बिहिबार बाट क्वाटरफाइनलका खेलहरु शुरु हुने अध्यक्ष सन्तोष गुरुङले बताएका छन । “समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ असौज १२ गतेसम्म संचालन भइरहेको प्रतियोगितामा बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५÷५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०÷१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।

पोखराको अमरसिंह माबीको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी–१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके रहेको छ भने सह–प्रायोजक क्लबका आजिबन संरक्षक बि एण्ड बि गु्रपका होम बहादुर बसेल (बिमल) रहेका छन ।

यसै गरि प्रतियोगिताको प्रथम पुरस्कार क्लवका आजिबन संरक्षक महेन्द्र गुरुङ, दोश्रो पुरुस्कारका प्रायोजक किरण खड्काका परिवार तथा विशेष सहयोगी योङ्ग टाइगर गु्रप पोखरा लगाएत रहेका छन ।

क्लबका पुर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिबारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरि उनको स्मृतीमा विगत दुई बर्ष देखि प्रतियोगिता सुरु गरिएको हो । दोश्रो संस्करणमा ४८ टिमको सहभागिता रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.