www.tandavnews.com
Fact ~ In search of truth

कुटपिट प्रकरण : ‘उजुरी लिन मान्दैन प्रहरी’

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले निर्माणाधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलका अनिल कार्कीको उजुरी अस्विकार गरेको पिडित पक्षको आरोप छ । गत राती कुटिएका कार्कीले ज्यान मार्ने उद्योग अन्तर्गत कुटपिट गर्नेमाथी कारवाहीका लागि उजुरी दिँदा प्रहरीले लिन नमानेको पिडितले बताए ।

कार्कि निकट मोहन केसीले प्रहरीले उजुरी लिन नमानेको प्रष्ट्याउदै भने ‘राम बजार प्रहरीले साढे ३ बजेपछि उजुरी लिन मिल्दैन भन्नु भो । जिल्लामा कुरा गरेको डिएसपी सा‘बले भ्रष्टाचारको कुरा रै’छ हामीले लिन मिल्दैन भन्नु भो ।’

Batas

तर, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राज कुमार केसीले पिडित आए उजुरी लिने बताएका छन् । ताण्डव न्यूजसँग कुरा गर्दै डिएसपी केसीले भने, ‘खै जिल्लामा त उहाँहरु आउनुभएको छैन । रामबजार प्रहरीमा जानुभएको हो भने आज इन्सपेक्टर सा‘ब हुनुहुन्न त्यै भएर होला ।’

सम्बन्धीत न्यूज

‘पोखरा अन्तराष्ट्रिय एयरपोर्टमा ब्रह्मलुट’ : पर्दाफास हुने डरले कुटिए ‘रन वे’ प्रमुख

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.