www.tandavnews.com
Fact ~ In search of truth

ठुलो परिमाणको लागु औषध सहित पोखरामा दुई पक्राउ !

 

उमा विक,
पोखरा / ताण्डव न्यूज  ।

पोखरामा ठुलो मात्रामा लागुऔषध सहित २ जना प्रकाउ परेका छन् ।  प्रहरीको  लागु औषध निष्तेज महाअभियान अन्तरगत चेकजाँचमा कडाई गर्दा कास्की प्रहरीले रुपन्देही जिल्ला घर भईहाल पोखरा नयाँबजार बस्ने ३८ वर्षका उदय कुमार गुप्ता र तनहुँ भादगाउँ घर भई हाल रानीपौवामा बस्दै आएका ३३ वर्षका गिता भनिने मनु गुरुङलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका–११ तुल्सीमार्गस्थित सडक छेउमा पार्किङ गरी रोखेको कारमा शंकास्पद तबरले बसीरहेका उनीहरुलाई पक्राउ गरिएको हो ।

Batas

प्रहरीले उनीहरुको साथबाट नर्फिन ३ सय  ९१  थान, डाईजोपाम ४ सय ४ थान, फेनरागन ३ सय  ८१ थान र फेनेस्डायल २४ बोटल बरामद गरेको जिल्ला प्रहरी कास्कीका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । उनीहरुसँग सम्बन्धीत ग २ च ८३६३ र ग १ च ४३२७ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट प्रहरीले नेपाली २ लाख ४२ हजार ३ सय ३७ रुपैँया र ७ हजार ७ सय ३० भारतिय पैसा पनि बरामद गरेको छ ।

त्यस्तै सामसुङ, ओप्पो, हुवाई कम्पनीको गरेर १५ वटा मोबाइल समेत बरामद गरिएको छ । उनीहरुकै साथबाट सुन जस्तो पहेलो रङको ४ तोला ८४ लालको सिक्री, २ वटा विलबुक र एउटा लाइसेन्स बरामद भएको छ । बैंकको भौचर, आइएमी रेमिट जम्मा गरेको भौचर पनि उनीहरुको साथबाट बरामद गरिएको छ ।

पक्राउ परेका दुई मध्ये उदयकुमार गुप्तालाई यस अघि २०७१ सालमा पनि लागुऔषध सहित कास्की प्रहरीले नै पक्राउ गरेको थियो । उनी सोही मुद्धामा दुई वर्ष कैद भूत्तान गरी एक लाख रुपैयाँ जरिवाना तिरेर निस्केपछि पनि लागुऔषध सहित नै पुन बुधबार पक्राउ परेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.