www.tandavnews.com
Fact ~ In search of truth

प्रयोगात्मक सिकाइमा जोड दिँदै लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर

पोखरा
ताण्डव न्यूज ।

पोखराको गैह्रापाटनमा विगत १० वर्ष देखि सञ्चालनमा आएको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर हल्ला कम गर्ने तर गुणस्तरमा असाध्यै सचेत कलेजका रुपमा परिचित छ ।

यहाँबाट उत्पादन भएका विद्यार्थीहरुले राष्टिय तथा स्थानीय तहमा हासिल गरेका उपलब्धीले कलेजलाई यस क्षेत्रकै एउटा गहनाका रुपमा चित्रित गर्ने गरिएको पनि छ । दश बर्षको लामो अनुभव संगालेको यो कलेजले यसै शैक्षिक सत्रदेखि आफ्नै भवनमा स्नातक तहलाइ थप नयाँ सोचका साथ अघि बढ्ने भएको छ ।

Batas

यो सेसनमा भर्ना खुलेको सूचना सार्वजनिक गरेको क्लेजले अब नयाँ संरचनामा नयाँ ढङले पठनपाठन अघि बढाउने भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त लेकसिटी कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि इन्टर्नसीप क्लासेस, इन्टरप्रेनस हब, इनोभेटर्स लाउञ्ज, स्पोटर्स क्लब, मेडिया क्लब, लेगल लिटरेसी, रेडियो ल्याब लगायतको सुविधा समेत समेटेको छ ।

कलेजले ब्याचअलर इन विजनेस स्टडी (विविएस), ब्याचअलर इन सोसियल वर्क (विएसडब्ल्यू), ब्याचअलर इन आर्टस् (विए) फ्याक्ल्टीमा विविध विषयहरुमा विद्यार्थीसँग आवेदन आह्वान गरेको छ ।

क्याम्पसको सञ्चालकमा गेहेन्द्रेश्वर कोइराला, डा. किशन कोइराला, डा कपिल अधिकारी, शोभाकान्त सिग्देल, नारायणकुमार श्रेष्ठ, विष्णुप्रसाद भण्डारी, विष्णुप्रसाद अधिकारी, उपेन्द्र पौडेल, स्मीता पराजुली, आमोद विक्रम कोइराला रहेका छन् ।

पोखराको मौलिक गहना लेकसिटी

प्रा.डा.विश्वकल्याण पराजुली
प्रमुख सल्लाहकार

मनोरम पोखरा उपत्यकालाई प्रदेशकै शैक्षिक राजधानी बनाउने उद्देश्यले आजभन्दा एक दशक पहिले पोखराको शैक्षिक क्षेत्रमा कार्यरत र निवृत्त प्रवुद्ध व्यक्तित्वहरुद्वारा स्थापित लेकसिटी कलेज एण्ड रिर्सच सेन्टर (लेकसिटी कलेज) पोखराका लागि एउटा मौलिक गहना बन्न पुगेको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका सयौं क्याम्पसहरु मध्ये यो नै एउटा त्यस्तो मौलिक र विशिष्ट कलेज हो जहाँ सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यवहारिक सीप पनि सिकाइन्छ ।

चार वर्षे विविएस र तीन वर्षे विएको अध्यापन हुने यो कलेज मानविकी तथा सामाजिक शास्त्र संकाय तर्फको एक मात्र व्यवहारिक शिक्षा प्रदायक कलेज हो भन्दा अत्युक्ति नहोला किनकी यहाँ समाजशास्त्र, सामाजिक कार्य र आमसन्चार तथा पत्रकारिताको व्यवहारिक अभ्यास गराइन्छ । यहाँबाट उत्र्तीण स्नातकहरुले हाँसिल गरेको विषयगत दक्षता, पेशागत दख्खल र प्राज्ञिक उत्कृष्टतालाई यसको मौलिकताको रुपमा लिन सकिन्छ । लेकसिटीका स्नातकहरुले छोटो अवधि मै पोखरामा मात्र हैन राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि निर्माण गरिरहेको स्पष्ट देख्न सकिन्छ ।

व्यक्तिगत रुपमा मलाई लेकसिटीका स्नातकहरुप्रति भरोसा लाग्दछ, अतः गण्डकी प्रदेशको उच्चशिक्षामा लेकसिटी कलेजले थप उत्कृष्टता हाँसिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

वर्षौको अनुभव लेकसिटीको आँगनमा

गेहेन्द्रेश्वर कोइराला
अध्यक्ष

लामो समय पृथ्वीनारायण क्याम्पसको सेवा र क्याम्पसप्रमुखको जिम्मेवारी लिएर हाँसिल गरेको अनुभवले लेकसिटीलाई थप उचाइमा लैजाने योजनाका साथ अगाडि बढेका छौँ । १० वर्षको अनुभव भएको यो कलेज लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील शिक्षासेवी तथा शिक्षाविद्हरुको संयुक्त पहलमा स्थापित भएको हो । कलेजले गुणस्तरलाई मूल मन्त्र मानेको छ ।

गुणस्तरको कुरामा कसैसँग सम्झौता गरिने छैन । विश्वबजारका लागि प्रतिष्पर्धा गर्न योग्य जनशक्ति उत्पादन हुनका लागि अब कक्षाका चार कोठामा मात्रै विद्यार्थीलाई थुनेर सम्भव छैन । तसर्थ दक्ष प्राध्यापकहरुको प्रयासमा हामीले लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरलाई पूर्ण व्यवहारिक ज्ञानको कलेजका रुपमा स्थापना गर्ने हाम्रो दृढ उद्देश्य छ ।

पोखरेलीले अब गुणस्तरीय शिक्षाका लागि पोखरा बाहिर जानुपर्ने व्यवस्थाको अन्त्य गर्ने सोच सहित अगाडि बढेका छौँ ।

पढाइ कक्षाकोठा बाहिर पनि

उपेन्द्र पौडेल
सञ्चालक

विद्यार्थीको चौतर्फी विकासका लागि इन्टर्नसीप क्लासेस, इन्टरप्रेनस हब, इनोभेटर्स लाउञ्ज, स्पोटर्स क्लब, मेडिया क्लब, लेगल लिटरेसी, रेडियो ल्याब, फुटसल, बास्केटबल, लगायत सुविधासम्पन्न पुस्तकालय र इ लाइब्रेरी, कम्प्युटर ल्याब सुसज्जित कलेजको अवधारणा साथ अगाडि बढेकाले लेकसिटी कलेज हल्लामा होइन विद्यार्थीलाई साँच्चै नै सम्पूर्ण रुपले पूर्ण विद्यार्थीका रुपमा तयार गर्न कटिबद्ध छ ।

समय पासपोर्टबाट पासवर्डमा फड्को मारिसकेको अवस्थामा अबको शिक्षालाई कक्षाकोठा बाहिर निकाल्नु आवश्यक छ र लेकसिटी कलेज यी सबै कुरामा सचेत शिक्षाविद् र शिक्षासेवीहरुको समूह भएकाले यसले त्यसतर्फ ध्यान दिनेछ ।

सुलभ मूल्यमा गुणस्तरीय शिक्षा

नारायण श्रेष्ठ
प्रमुख प्रशासक

शिक्षा व्यवसाय होइन समाजसेवा पनि हो भन्ने मन्त्रले हाम्रो नीति निर्देशित छ । शुल्क कै कारणले विद्यार्थीहरु राम्रा क्याम्पस पढ्नबाट वञ्चित नहुन् भनेर शुल्कलाई हामीले सुलभ बनाएका छौँ ।

पोखरा प्राकृतिक दृष्टिकोणले मात्रै होइन शैक्षिक हब समेत बनाएर दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने आजको आवश्यकतालाई मध्यनजर गर्दै शुल्क कै कारणले पढाइमा असर नपरोस् र कम शुल्कमा प्रतिष्पर्धात्मक गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता हो । गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि हामीले छात्रवृत्तिको समेत व्यवस्था गरेका छौं ।

अनुसन्धानात्मक प्रविधि मैत्री सक्रिय शिक्षणमा जोड

डा. कपिल अधिकारी
क्याम्पस चिफ

सक्षम, सबल र आत्मविश्वासी ग्लोबल सिटिजन तयार गर्ने हाम्रो लक्ष्य हो ।केही विदेशी विश्वविद्यालयसँग हाम्रो सम्झौता भइसकेको छ भने हाम्रा विद्यार्थीहरु र उनीहरुका विद्यार्थीहरुसँग भिजिट र एक्सचेन्ज गर्ने गरी हामीले कार्यक्रमहरु तय गरेका छौँ । कक्षा कोठामा विद्यार्थीहरुलाई निश्चित सङ्ख्यामा राखेर उनीहरुको वृत्ति विकास र शैक्षिक उन्नयनका लागि अंग्रेजी र नेपाली दुवै भाषामा ज्ञान दिने हाम्रो सोच छ ।

विद्यार्थी कमजोर हुन्छन् भन्ने मान्यताबाट माथि उठेर उनीहरुलाई कलेज समयमानै थप कक्षाको व्यवस्था गरी परीक्षामुखी मात्रै होइन व्यवहारिक र वैज्ञानिक पद्धतिको प्रयोगले जिम्मेवार नागरिक तयार गर्ने गरी हामी लागी परेका छौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.