www.tandavnews.com
Fact ~ In search of truth

दवावकै कारण गुपचुपमै वडाध्यक्ष गुरुङको यौन काण्ड

पोखरा
ताण्डव न्यूज ।

मादी गाउँपालिका वडा–७ अध्यक्ष लालबहादुर गुरुङको यौन काण्ड दवावकै कारण गुपचुप पारिएकाे छ।

अध्यक्षको यौन काण्ड छानबीन गर्न स्थलगत अनुगमनमा पुगेका मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले दुई थरी कुरा आएको बताए पनि किशोरीको बुबाले घटना भएको स्वीकार गरेको बताए ।

Batas

‘स्थानीयहरुले दुई थरी कुरा गरे,’ उनले भने, ‘तर किशोरीको बुबाले घटना भएको हो र वडाध्यक्षले भोली पल्ट स्वीकार गरेको बताएका छन् ।’ परिवारको पनि दुई थरी कुरा आएको उनले सुनाए । ‘फेरी किशोरी र उनकी दिदीले घटना भएको होइन भन्छन्,’ उनले भने, ‘अहिले किशोरी दिदीकै घरमा छिन् ।’

थप अनुसन्धान भई रहेको अध्यक्षले बताए । ‘हामी कसैलाई अन्याय हुन दिदैँनौ,’ उनले भने, ‘सत्य कुराकै खोजीमा छौ ।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका वडाअध्यक्ष गुरुङले शक्तिकै आडमा घटना लुकाउन खोजेको स्थानीय स्रोतले बतायो । ‘घटना भएकै हो, उनले गल्ती गरेर स्वीकार गरेकै हुन्,’ स्रोतले भन्यो, ‘तर त्यहाँ मान्छे खुलेर कुरा गर्न डराएका छन् । जहाँसम्म किशोरीको कुरा छ उनी गाउँमा छैनन् । उनलाई कुनै दवाव दिएको हुनु पर्छ ।’

घटनाको छानविन गर्न गाउँपालिकाका प्रमुख अध्यक्ष गुरुङ, उप–प्रमुख तथा न्यायिक समितिका संयोजक विष्णुमाया पौडेल, वडा–६ का वडा अध्यक्ष पसबहादुर बाँस्तोला, वडा–८, का यमबहादुर गुरुङ र वडा–११, का मित्रबहादुर गुरुङको टोली स्थलगत अनुगमनको लागि गाउँ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

वडाध्यक्षको यौन काण्ड छानविन हुन्छ : गाउँपालिका प्रमुख

वडाध्यक्ष गुरुङको के हो यौन काण्ड ?

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.