www.tandavnews.com
Fact ~ In search of truth

पुम्दीभुम्दीकी लामिछानेले ‘लास्ट वाई वाई’ भन्दै विदा मागिन्

पोखरा
ताण्डव न्यूज ।

आईतबार घर बाट कसैलाई केहीँ नभनी हिडिन् सुस्मिता लामिछाने । पोखरा–२२ पुम्दीभुम्दी घर भएकी लामिछाने हराएपछि घरका आत्तिनु स्वभाविकै थियो ।

निकै बेर घर नआएपछि परिवारले फोन गरे । छोरेपाटन कक्षा १० मा पढ्ने लामिछानेले ‘म भोली बिहान घर आउँछु’ भनेकी थिइन् । आईतबार ११/१२ बजेसम्म उनको परिवारसँग फोन सम्पर्क भएको थियो ।
सोमबार (आज) बिहान उनी घर आइनन् । बरु वडा प्रहरी कार्यालय बैदाममा एउटा खबर आयो ।

फेवातालको ड्याम नजिक डिलमा मोबाइल, पर्स, चप्पल, झोला भेटिएको भनेर प्रहरीकहाँ खबर आएपछि वैदाम प्रहरी घटना स्थलमा पुग्यो ।

Batas

स्थानीयको अनुसार कोही फेवातालमा हाम फालेको हुनुपर्छ । वैदाम प्रहरीले खोजी कार्य सुरु ग¥यो । डिलमा भेटिएको फोनको माध्यमबाट प्रहरीले लामिछानेको आफन्तलाई सम्पर्क ग¥यो । आफन्त घटना स्थलमै आए ।

केही बेरको खोजी कार्य पछि लामिछानेको शव फेला पर्यो । आइतबार परिवारसँग सम्पर्कमा रहेकी लामिछानेले घर आउँछु भनेपनि छिमेकीसँग भने मोवाइलमा एसएमएस गरि विदा मागेको प्रहरीले जनाएको छ । ‘लास्ट वाई वाई’ भनेर उनीले छिमेकीलाई एसएमएस गरेकी थिइन् ।

शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए । ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै हो जस्तो देखिन्छ,’ उनले भने, ‘परिवार र आफन्तसँग फोन र एसएमएस हेर्दा पनि त्यस्तै देखिन्छ, हामीले थप अनुसन्धान गर्दै छौ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.