www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ल्याटे आर्ट उत्कृष्ट प्रतियोगिलाई नगद १५ हजार पुरस्कार

पोखरा
ताण्डव न्यूज ।

तपाई कफिको पारखी हुनुहुन्छ भने कफिको कपमा विभिन्न कलात्मक आकृति देख्नु भएकै होला ।

कफि कपमा देखिने आकर्षक र मनै लोभ्याउने चित्रकलालाई कफि आर्ट, ल्याटे आर्ट पनि भनिन्छ ।

Batas

ल्याटे आर्टलाई थप व्यवसायिक र प्रबद्र्धन गर्ने हेतुले यही जेठ १८ गते शुक्रबार ल्याटे आर्ट प्रतियोगिता पोखरामा हुने भएको छ ।

लर्निङ हाउसको आयोजनामा दोर्जे बार एण्ड ग्रिल लेकसाइडमा कार्यक्रमको आयोजना हुने भएको हो ।

कार्यक्रममा सहभागित प्रतियोगिले ५ मिनेट समय पाउनेछन् । जसबाट उत्कृष्ट ल्याटे आर्ट बनाउन सक्ने प्रतियोगिले नगद पुरस्कार स्वरुप १५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

कार्यक्रममा आशिष श्रेष्ठ, अरुण प्रधान, दोर्जे लामा र रामप्रसाद अधिकारी ४ सदस्यीय निर्णायक मण्डल रहने जनाईको छ ।

कार्यक्रमलाई दोर्जे बार एण्ड ग्रिल, हिमालयन जाभा कफि पोखरा, क्यासाडिओ र लेवल नेक्स्टले सहयोग गर्ने भएको छ ।

कार्यक्रम विवरण :
मिति : २०७५ जेठ १८ गते शुक्रबार । (जून १, २०१८)
समय : १२ बजेबाट
स्थान : दोर्जे बार एण्ड ग्रिल, लेकसाइड, पोखरा

के हो ल्याटे आर्ट संक्षिप्त परिचय

कफि आर्ट नेपालमाभन्दा बाहिरी देशहरुमा धेरै प्रख्यात छ । ल्याटे आर्टको नामबाट इटालीमा कफि आर्ट प्रचलनमा आएको पाइन्छ । सुरुमा अमेरिकाका डेभिड स्कोमरले सन् १९८० देखि १९९० को अवधिमा ल्याटे आर्ट हर्ट प्याटर्नमा यसलाई विकसित गर्दै ल्याएका हुन् । ल्याटे कफि अर्थात कफि आर्ट न्यूजिल्याण्ड, सिंगापुर, रोम, आइसल्याड, अस्ट्रिया, मेलबर्न र लन्डनमा धेरै प्रसिद्ध छ ।

ल्याटे आर्ट पोखरामा दोस्रो संस्करण

आयोजक लर्निङ हाउसले विदेश जान चाहने विद्यार्थीको लागि आईएलटिएस, स्याट् , जिआरई, अंग्रेजी भाषा तथा ल्याटे आर्ट प्रशिक्षण पनि गराउँदछ ।

वैदेसिक शिक्षा र रोजगारीको लागि जानेहरुको लागि पनि आर्ट सिक्न राम्रो उपयुक्त हुने उद्देश्यले ल्याटे आर्टलाई लर्निङ हाउसले प्रबद्र्धन गरि रहेको छ ।

अहिले नेपालमा पनि कफि आर्टको माग बढ्दै गएको छ र, कफि आर्टमा नयाँ पुस्ताको आकर्षण बढी छ । नेपालमा कफि आर्ट सिक्नेको संख्या बढ्दै गईरहेको छ, त्यसरी नै नेपालमा क्याफेहरु खुल्ने क्रम पनि बढेको छ ।

यसकारण स्वदेश तथा विदेशमा नयाँ पुस्तामा रोजगारीको सजिलो सम्भावना कफि आर्टमा भएको हुँदा यस वर्ष पनि दोस्रो संस्करणको ल्याटे आर्ट प्रतियोगिता हुन गईरहेको आयोजक संस्थाले जनाएको छ ।

Event Page: https://goo.gl/oSrHNA

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.