www.tandavnews.com
Fact ~ In search of truth

कानून मन्त्रीमा भानुभक्त, साढे ४ बजे सथपको तयारी

काठमाडौं
ताण्डव न्यूज ।

नेपाल कम्युनिस्ट पार्कीका सांसद भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । ढकाल मोरङ–३ बाट निर्वाचित सांसद हुन् ।

Batas

यस्तै, राज्यमन्त्री पद्मा अर्याल पनि मन्त्रीमा बढुवा भएकी छन् । भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी उनले पाउने भएकी हुन् ।
दुवैको आज साढे ४ बजे सथप खाने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जनायो ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.