www.tandavnews.com
Fact ~ In search of truth

लेकाली व्यान्डलाई ‘फर्केर हेर्दा’

पोखरा
ताण्डव न्यूज ।

दुई दशकपछि लेकाली व्यान्ड पाँचौं प्रस्तुति ‘फर्केर हेर्दा’ लिएर पुनरागमन गरेको छ । सोही गीतको डिभिडी अप्रिल १ मा हङकङकमा विमोचन गरिने व्यान्डका सदस्य सचिन पुनले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

अप्रिल फस्टमा हङकङकमा लेकाली नाइट कार्यक्रममा विमोचन गरिने उनले बताए । ‘हङकङमा विमोचन गरेपछि नेपालमा पुन विमोचन गरिनेछ,’ उनले भने । उक्त डिभिडि संग्रहमा ८ वटा गीत समावेश गरिएको छ । ‘हामी साँगीतिक प्रस्तुतिसँगै फेरी आएका छौं,’ उनले भने, ‘अब भने हामी निरन्तरता दिनेछांै । राम्रा राम्रा गीतहरु प्रस्तुत गर्नेछौं ।’

Batas

नविन गुरुङ, सचिन पुन, विशाल गुरुङ, कुन्दन गुरुङ, विनोद गुरुङ र गुप्ता गुरुङ व्यान्डका सदस्यहरु हुन् । व्यान्डले २०५२ सालदेखि साँगीतिक यात्रा तय गरेको हो ।

२०५४ सालमा पहिलो गीत ‘यो मुटुमा’ निकालेको व्यान्डले ‘यातना, मानस र मोहनी’ गीत पस्किसकेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.