www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लव अफ हेल्पफुल हेन्डस्को अध्यक्षमा मोहन सुवेदी

पोखरा
ताण्डव न्यूज ।

लायन्स क्लव अफ पोखरा हेल्पफुल हेण्डस्को सम्पन्न पाँचौ अधिवेशनबाट लायन वर्ष २०१८÷०१९ को लागि अध्यक्ष पदमा मोहन सुवेदी चयन भएका छन् ।

क्लवको प्रथम उपाध्यक्ष तेजप्रसाद अधिकारी, द्वितीय उपाध्यक्ष नर्वु यल्मो, तृतीय उपाध्यक्ष अञ्जु नेपाली, सचिव दुर्गा सुनार, सह–सचिवमा कृष्ण नेपाली, कोषाध्यक्ष विनोद वि.क., सह–कोषाध्यक्ष प्रेम सुनार, एलसीआइएफ कोडिनेटर मनबहादुर सुनार, रिर्पोटिङ अफिसर दामोदर डुम्रे, मेम्बरसीप चियर पर्सन रामकुमार राई, पि.आरओ विमल कुमार गुरुङ, टेयरमा बुद्ध कार्की, टेल टुइस्टर मनि अधिकारी चुनिएका हुन् ।

Batas

क्लवको डाइरेक्टरमा गणेश सुनार, सुक सेन्चुरी र रोशन सुनार चयन भए । त्यस्तैगरी अधिवेशनबाट क्लवको सल्लाहकारमा डिवि विश्वकर्मा, नरकुमार सुनार, सान्ता श्रेष्ठ, अमृत तिवारीलाई चयन गरिएको छ ।

क्लवका अध्यक्ष मोहन मनी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका जियलटी कोडिनेटर लायन परमेश्वर बराल प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रममा परमेश्वर बराल, सन्तोष श्रेष्ठ, विनोद ढुङ्गाना, भेषराज बराल लगायत लिडरहरुले शुभकामना मन्तव्य राखेका थिए । भने, कार्यक्रमको संचालन सचिव अञ्जु नेपालीले गरेकी थिइन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.