www.tandavnews.com
Fact ~ In search of truth

शनिबार प्रदेश स्तरीय लोक गायन प्रतियोगिता

पोखरा,
ताण्डव न्यूज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी÷धौलागिरीले ‘प्रदेश स्तरीय लोक गायन प्रतियोगिता’ आयोजना गरेको छ ।

यही जेठ १२ गते पोखरा उद्योग वाणिज्य संघको हलमा प्रतियोगिता हुने जनाइएको छ । प्रदेश नम्बर ४ मा रहेका ११ जिल्ला मध्ये ९ वटा जिल्लाबाट प्रतियोगिहरुको प्रतिनिधित्व रहनेछ ।

Batas

प्रदेश ४ संयोजक तारापती सुवेदीले जिल्लाबाट छनोट भइ आएका निम्न प्रतियोगिहरुको प्रतिस्पर्धा रहने बताए ।

प्रतियोगिले एउटा गीत लाइभ बाजामा मौलिक पहिरनमा गाउनुपर्ने उनले बताए । यहाँबाट छनोट भएका प्रतियोगिले असार १४ र १५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हुने खुल्ला लोक गायन प्रतियोगितामा सहभागी हुने सुवेदीले जानकारी दिए ।

‘यहाँबाट ५ जनालाई छनोट गरी केन्द्रमा पठाइनेछ,’ उनले भने, ‘विजेतालाई नेपालमा मात्र नभई विदेशमा पनि अवसरको प्रदान गरिनेछ ।’ सुवेदीका अनुसार विजेताले नगद एक लाख रुपैयाँ, स्कुटर र अन्य आकर्षक पुरस्कार पाउनेछन् ।

कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले लोकगीतको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याउने र नयाँ लोक गायक/गायिकाहरुको खोजी गर्ने उद्धेश्यले जिल्ला–जिल्लामा कार्यक्रमको आयोजना गरिएको बताए ।

उनका अनुसार कार्यक्रम सम्पन्न गर्नको लागि एक लाख ५० हजार रुपैयाँ खर्च लाग्नेछ ।

कार्यक्रममा प्रवेश निशुल्क रहनेछ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुन मगर रहनेछन् ।

छनोट समितिको निर्णायक समेत रहेका गायक पुरुषोत्तम न्यौपानेले नेपाली मौलिकता धान्न र त्यस्ता व्यक्तिको खोजीको लागि प्रतियोगिता गर्न आवश्यक रहेको बताए । ‘लोक गीत प्रतियोगिता हुनै छाडें, प्रतिष्ठानले गरेको पहिलो प्रतियोगिता हो,’ उनले भने ।

निर्णायकमा न्यौपानेसँगै प्रदेश संयोजक तारापति सुवेदी, हरिदेवी कोइराला, शान्ति गुरुङ, नवराज बराल रहेका छन् ।

जिल्लाबाट आएका प्रतियोगिको नाम
कास्की : आयुष परियार, उमेश अधिकारी, ऋतु परियार

तनहुँ : सन्दिप परियार, रेणु रेलामी मगर

लमजुङ : प्रशान्त तामाङ, जुना परियार

गोरखा : पवन परियार, मिरा थापा

स्याङ्जा : नेत्र खड्का, सुमित्रा काफ्ले, नारायण भट्टराई

बागलुङ : रेशम निर्दोष, शान्ति विश्वकर्मा, सिता परियार

म्याग्दी : शक्ति छिनाल, मिलन विश्वकर्मा, मिलन कार्की

पर्वत : सफल परियार, करिश्मा सापकोटा

नवलपुर : अर्जुन सापकोटा, दिक्षा सुनार

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.