www.tandavnews.com
Fact ~ In search of truth

दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशकाे अध्यक्षमा शंकर बिरही गुरुङ र सहअध्यक्ष राजेन्द्र सापकोटा चयन

पोखरा,
ताण्डव न्यूज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशकाे अध्यक्षमा शंकर बिरही गुरुङ चयन भएका छन् ।  त्यस्तै धौलागिरी अञ्चलका अध्यक्ष रहेका राजेन्द्र सापकोटा सहअध्यक्ष भए ।

प्रदेशकाे सचिवमा पूर्ण परियार र कोषाध्यक्षमा सुरेन्द्र गुरुङलाई चयन गरियो । देश संघियतामा गएसँगै अञ्चललाई प्रदेशमा रुपान्तरण गरिएको हो ।

Batas

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्तिठान नेपाल को १७ अौ वाषिक साधारण सभा को बन्द सत्रबाट अन्चल कार्यसमितिहरु भंग गरी गण्डकी प्रदेश समिति बनाइएको हो ।

स्याङजाको वालिङमा शुक्रबार र शनिबार भएको साधारण सभाले गण्डकी र धौलागिरीका अन्य पदमा रहेका पदाधिकारीहरुलाई प्रदेश समितिको सदस्यमा स्वतह रहने निर्णय गरियो । प्रदेश समितिको अधिवेशन भने अर्को वर्ष हुनेछ ।

तस्विर ः सुरेन्द्र गुरुङको फेसबुकबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.