www.tandavnews.com
Fact ~ In search of truth

‘जग्गा कब्जा गरे प्रहरी/प्रशासन लगाएर हटाउँछौं’

पोखरा
माधब भुसाल/ताण्डव न्यूज ।

जिल्ला वन कार्यालय कास्कीले पोखरा लेखनाथ–१८ लभ्ली डाँडाको सार्वजनिक जग्गा कब्जा गरे प्रहरी प्रशासनकै प्रयोग गरेर हटाउने जनाएको छ । वनसँग जोडीएको जग्गा भएकाले कसैले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न नमिल्ने वन कार्यालयले जनाएको हो ।

ताण्डव साप्ताहिकले वनको जग्गा व्यक्तिले कब्जा गरेको वन कार्यालयलाई जनाएपछि अधिकृत केदार बरालले अनुमगनका लागि कर्मचारी खटाएका थिए । कर्मचारीहरुले उक्त जग्गा वनसँग जोडिएको जनाए ।

Batas

‘हामीले उक्त क्षेत्रमा कर्मचारी पठायौं । अनुगमन गर्दा जग्गा वन सँग जोडीएको छ’ जिल्ला वन कार्यालय कास्कीका अधिकृत केदार बरालले भने ‘कसैले पनि जग्गा कब्जा गर्न पाउँदैन । यदि त्यसो भएमा प्रहरी प्रशासन लगाएरै हटाउँछौं ।’

जग्गा सार्वजनिक हो भन्ने’ सबै प्रमाण छन् : वडाध्यक्ष

पोखरा लेखनाथ वडा नं १८ का वडाध्यक्ष रणबहादुर थापाले उक्त जग्गा सार्वजनिक नै हो भन्ने प्रशस्त प्रमाण रहेको बताएका छन् ।

तर, केहि व्यक्तिहरुले पार्टीको खोल ओडेर जग्गा व्यक्तिगत बनाउन खोजेको उनको आरोप छ । ‘म सँग सबै प्रमाण छन् । सचिव स्तरीय बैठकको निर्णयदेखि फिल्डबुकमा पनि जग्गा सार्वजनिक हो भन्ने प्रष्ट देखिन्छ’ उनले भने ।

प्रमाण नं. १

०५६ चैत २३ गते पोखरा उपमहानगर ४ बस्ने कृष्णबहादुर कोइराला, युद्धबहादुर कोइरालासमेत गरि १४ जनाले साविकको म्वारजावी गाविस वडा नं. २ को कित्ता नं. ३२५ देखि ३४१ सम्मको जग्गा दर्ता गरिपाउँ भनि मालपोतमा निवेदन दिएका थिए ।

कित्ता नं. ३२६ को क्षेत्रफल १७–९१–३ मध्ये ८–१२–२ १÷२ लाई आफ्नो नाममा दर्ता गर्न ईश्वरीदेवि कोइरालाले पनि मालपोत कार्यालयमा निवेदन दिएकी थिइन् ।

जग्गा वनकै उल्लेख गर्दै ०५७ सालको सचिव स्तरिय बैठकले गरेको निर्णय

निवेदन पश्चात्त जिल्ला वन कार्यालय कास्कीले उक्त क्षेत्रको निरीक्षण सहितको पत्र ०५७ वैशाख १५ गते वन विभाग काठमाडौं पठायो ।

जिल्लाको प्रतिवेदन अनुरुप ०५७ चैत २ गतेको सचिव स्तरीय निर्णयले उक्त जग्गा राष्ट्रिय वनकै रहेको निर्णय गरेको थियो । त्यसपछि आफ्नो नाममा जग्गा दर्ता गर्न खोज्नेहरुको सपना तुहियो ।

प्रमाण नं २

कब्जा गरिएको सबै जग्गा ०३२ सालको नापि अनुसारको फिल्डबुकमा प्रति र बुट्यान उल्लेख छ । प्रति र बुट्यानले सबै जग्गा सार्वजनिक भएको जनाउँछ ।

‘यो पुरानो नापी अनुसार सबै सार्वजनिक जग्गा भएको पुष्टि हुन्छ’ वडाध्यक्ष थापाले भने ‘अब फेरी जग्गा नाप्ने तयारी गर्दैछौं ।’

३ फोटोमा हेर्नुहोस् प्रति र बुट्यान उल्लेखित कब्जा गर्न खोजिएको जग्गा फिल्ड बुकमा :

जनप्रतिनिधिलाई वेवास्ता गर्दै त्यहाँका केही स्थानीयले विना अनुमति जग्गा कब्जा गरेका हुन् । उनीहरुले डाँडानै आफ्नो स्वामित्वमा लिएर खेती गरेका छन् ।

स्रोतका अनुसार उनीहरु भित्रभित्र जग्गा दर्ता गर्ने योजना बनाएका छन् ।

‘अहिले खेती गरे जस्तो गर्ने,’ एक स्थानीय स्रोतले भन्यो, ‘पछि पूरै डाँडा खार्ने षड्यन्त्रमा छन् ।’ त्यहाँ पुगेर हेर्दा एउटा रुखमा ‘प्राइभेट एग्रीकल्चर एरिया नो इन्ट्री’ अर्थात ‘व्यक्तिगत कृषि क्षेत्रमा प्रवेश निषेध’ लेखिएको निलो बोर्ड टाँगिएको छ ।

प्रवेश निषेध गरिएको उक्त क्षेत्रलाई रुखका हाँगाहरु काटेर बार लगाइएको छ । अलिकति माथि उक्लिएपछि फेरी उस्तै निलो बोर्डमा ‘कृषि क्षेत्र, यहाँ ओहोर दोहोर गर्न सख्त मनाही छ’ लेखेर झुण्डाइएको छ ।

यो पनि पढ्नुहोस्

सार्वजनिक जग्गा व्यक्तिको कब्जामा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.