www.tandavnews.com
Fact ~ In search of truth

छोरेपाटनमा लुम्बिनी विकास बैंकको एटिएम सञ्चालनमा

पोखरा ।

लुम्विनी विकास बैंक लिमिटेडले पोखराको छोरेपाटनमा एटिएम सेवा विस्तार गरेको छ । एटिएम सेवाको बैंकका सञ्चालक सुशिलराज पराजुलीले रिवन काटेर र एटिएमबाट पैसा झिकेर उद्घाटन गरे । लुम्बिनी बैंकले पोखरामा १० वटा शाखामा मार्फत सेवा दिदै आएको छ । बैंकको यो पोखरामा तेस्रो एटिएम सेवा हो ।

बैंकले यस अगाडी पोखराको न्युरोड र महेन्द्रपुलबाट एटिएम सेवा प्रदान गर्दै आएको सञ्चालक पराजुलीले जानकारी दिए । उनले एटिएम अहिले अनिवार्य आवश्यकता रहेको बताए । उनले एटिएमको टर्मिनल मार्फत लुम्बिनी विकास बैंकका ग्राहकहरुका साथै भिसाकार्डमा आवद्ध अन्य बैंक वित्तीय संस्थाका महानुभावहरुले समेत सहज रुपमा कारोबार गर्न सक्ने बताए ।

Batas

लुम्बिनी विकास बैंक केन्द्रीय कार्यालय डिल्लीबजारबाट सञ्चालन भई देशका विभिन्न जिल्लामा ६५ शाखा र १३ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको पराजुलीको भनाई छ । बैंकले विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, एएसबिए लगाएतका सम्पुर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउदै आएको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ मा ६५ करोड सञ्चालन मुनाफा आर्जन गरेको उनले बताए । एटिमको उद्घाटनमा पोखरा महानगर पालिका वडा नम्बर १७ का अध्यक्ष तिर्थराज अधिकारीले खुसि व्यक्त गरे ।

छोरेपाटन क्षेत्रको पहिलो एटिएम सञ्चालनमा आएपछि यस क्षेत्रका सेवा ग्राहीलाई सुविधा हुने लुम्विनी विकास बैंक लिमिटेड छोटेपाटन शाखाका प्रमुख रामचन्द्र बरालले बताए । उनले यस क्षेत्रमा एटिएम मेसिन नहुदाँ सेवाग्राही अन्यत्र जानुपर्ने स्थिती अब भने हटेको उनको भनाई थियो । लुम्बिनी विकास बैंकको एटिमएम नेपाल र भारतमा चल्ने उनले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.