www.tandavnews.com
Fact ~ In search of truth

मदन भण्डारी स्पोटर्स एकेडेमीद्धारा पोखरा बृद्धाश्रममा सहयोग

पोखरा ।

मदन भण्डारी स्पोटर्स एकेडेमी प्रदेश ४ले पोखरा बृद्धाश्रममा सहयोग गरेको छ । एकेडेमीका प्रदेश ईन्चार्ज राजेश गुरुङ र युवा व्यवसायी नारायण पौडेलको आर्थिक सहयोगमा बृद्धाश्रममा आवश्यक पर्ने ६ महिना सम्मको लागि औषधी वितरण गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य समेत रहेका गुरुङले पोखरा बृद्धआश्रमका संस्थापक अध्यक्ष वशन्तकेशव पराजुली, अध्यक्ष टीकाबहादुर भण्डारीलाई पहिलो चरणमा औषधी उपचारको लागि २५ हजार ८५ रुपैयाँ सहयोग हस्तान्तरण गरे ।

Batas

प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मोत्सवको अवसरमा शनिबार पोखरा बृद्धाश्रममा सहयोग हस्तान्तरण गरिएको थियो । एकेडेमी इन्चार्ज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र जनताको हकहितमा लागेर अघि बढेकोले उनको जन्मोत्सवको अवसरमा आफूहरुले सहयोग गरेको बताए ।

‘सकभर कुनै परिवारबाट पनि बृद्धबृद्धाहरुलाई बृद्धाश्रमहरुमा भन्दा आ–आफ्नै घरमा व्यवस्थापन गर्न आग्रह गर्दछु, यदि परिवारबाट एक्लिएकाहरुको लागि विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिहरुको सहयोग आवश्यक हुन्छ,’ उनले भने ।

पोखराको पार्दीविरौटामा रहेको शुभ प्रभात फार्मेसीले गुरुङले दिएको उक्त रकमबाट पोखरा बृद्धाश्रममा औषधी उपलब्ध गराएका हुन् । फार्मेसीका सञ्चालक हेमराज बरालले प्रत्येक महिनाको अन्तिम शनिबार स्वास्थ्य परिक्षण सहित औषधी उपलब्ध गराउने घोषणा गरे । उनले भने, ‘पोखरा बृद्धाश्रममा रहेकाहरुको लागि आवश्यक औषधी कुनै पनि समयमा माग भए अनुसार हामी उपलब्ध गराउने छौं ।’

पोखरा लेखनाथ महानगरपालिका १७, सितापाईला–ढुंगेसाँघु स्थित पोखरा बृद्धाश्रममा हाल ७० जना बृद्धाश्रममा आश्रित रहेको पोखरा बृद्धाआश्रमका अध्यक्ष टिकाबहादुर भण्डारीले जानकारी दिए ।

एकेडेमीले यस अघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको एकेडेमी कास्कीका अध्यक्ष ऋषिराम गौतमले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.