www.tandavnews.com
Fact ~ In search of truth

नर्सिङको पुरुष कोटामा उत्साह देखिएन !

पोखरा
ताण्डव न्यूज ।

नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष ०७५ ०७६ देखि नर्सिङ अध्ययन हुने सबै कलेजमा १५ प्रतिशत पुरुषलाई पढाउने निर्णय गर्यो । अन्य मेडिकल प्रोफेसनमा पुरुष र महिला सबैले पढ्न पाउने भए पनि करिब २५ वर्षदेखि नर्सिङमा महिलाले मात्र यो अवसर पाएका थिए ।

अस्पतालमा कतिपय चिकित्सा प्रक्रियामा पुरुष बिरामीलाई महिला नर्सले हेरचाह गर्दा हुने असजतालाई पनि यो निर्णयले सहयोग पुर्याउने अपेक्षा सम्बन्धीत निकायहरुले राखेका छन् ।

Batas

तर, नर्सिङ क्याम्पसमा फर्म खुलेको १० दिनसम्म आइपुग्दा देशभरका ४ वटा कलेजमा एकादुई पुरुष विद्यार्थीले फर्म भरेपनि अधिकांश कलेजमा फर्म भरेको नपाइएको पोखरा महानगरका मेयरका स्वकिय सचिव लक्ष्मण तिमिल्सेनाले बताएका छन् । ‘फर्म खुलेको १० दिनसम्म कुनै पुरुषले फर्म भरेको पाइएन’ उनले भने ‘नर्सिङकालागि प्रत्येक ४० सिटे कलेजमा ६ पुरुषको कोटा सुनिश्चित छ । यसरी नियाल्दा १५ प्रतिशत कोटामा उत्साह देखिएको पाइएन ।’

निकै कम संख्यामा नेपालमा पुरुष नर्स छन् । नर्सिङ पढ्न इच्छुक पुरुषहरु भारतलगायतका देश गएर अध्ययन गरेको पाइन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.