www.tandavnews.com
Fact ~ In search of truth

६ दिन देखि ठप्प मनिपाल, कर्मचारी पुर्नबहालीको माग राख्दा वार्ता असफल

पोखरा
ताण्डव न्यूज ।

प्रदेश नम्बर ४ कै सबैभन्दा ठूलो शैयाको मनिपाल शिक्षण अस्पताल कर्मचारी ट्रेड युनियनको आन्दोलनको कारण ६ दिन यता आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।

जेठ ७ गते अस्पताल प्रशासनले फार्मेसीमा हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई बर्खास्त गरेपछि कर्मचारी ट्रेड युनियनको अगुवाईमा आन्दोलन जारी रहँदा आकस्मिक सेवा बाहेकका अन्य सेवा चल्न नसकेको हो ।

Batas

आन्दोलन कारण सर्वसाधारण विरामीहरुले सास्ती भोग्नु परेको छ । टाढा–टाढाबाट आएका विरामीहरुले स्वास्थ्य सेवा नपाउँदा मर्कामा परेका छन् ।

कर्मचारी ट्रेड युनियन र अस्पताल प्रशासन बीच वार्ता हुँदा पनि कर्मचारी पक्षबाट बर्खास्तमा परेका कर्मचारीलाई पुर्नबहालीको माग राख्दा सहमति जुट्न नसकेको अस्पताल प्रशासनले बताएको छ ।

‘अस्पतालका सबै सेवा सूचारु गरी सर्वसाधारण विरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने पक्षमा छौं,’ अस्पतालका मानव संशाधन तथा प्रशासन प्रमुख भानु भारद्वाजले ताण्डव न्यूजसँगको कुराकानीमा भने, ‘कर्मचारी ट्रेड युनियनले कारवाही स्वरुप बर्खास्तमा परेका कर्मचारीलाई पुर्नबहालीको मागलाई जोड दिँदा सहमति जुटेन् ।’

अस्पताल प्रशासनले छानबिन गरि दोषि पाइए पछि कारवाही स्वरुप कर्मचारीलाई बर्खास्त गरेकोले पुनः निर्णय फिर्ता लिन नसकिने उनको भनाई छ । कारवाही गरिसकिएकोले पछि हट्न नमिल्ने भन्दै प्रशासन प्रमुख भारद्वाजले कर्मचारीलाई पीडित भएको महशुस हुन्छ भने कानूनी उपचारमा जान सुझाएको बताए ।

बर्खास्तमा परेका कर्मचारी टेकबहादुर विकले कर्मचारी ट्रेड युनियनले निस्पक्ष छानबिन गर्न माग गरेको बताए । ‘कुन कुन कारणले हामीलाई दोषि पाइएको हो,’ उनले भने, ‘न्यूनतम सुविधाका मागहरु राखिरहँदा फार्मेसीमा हिनामिना गरेको आरोप लगाएर निस्कासन गर्नु नियोजित हो ।’ कर्मचारी माथि लगाइएको आरोप झुटो रहेको दाबि गर्दै विकले आरोप असत्य प्रमाणित गर्न कै लागि निस्पक्ष छानबिन समिति गठन गरिनु पर्ने बताए ।

जेठ ११ गते प्रदेश नम्बर ४ सामाजिक विकास मन्त्री नरदेवी पुनको अगुवाईमा दिनभर अस्पताल प्रशासन र कर्मचारी युनियन बीच वार्ता बस्दा समेत सहमति जुट्न सकेको थिएन् ।

ठप्प अस्पतालको सेवा सूचारु गर्न स्थानिय प्रशासनले हालसम्म ठोस कदम चालेको पाइएको छैन् ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.