www.tandavnews.com
Fact ~ In search of truth

११ दिन पछि मनिपालको सेवा सूचारु

पोखरा
ताण्डव न्यूज ।

कर्मचारीको आन्दोलनको कारण ठप्प मनिपाल शिक्षण अस्पतालको सेवा आज देखि सूचारु भएको छ । जेठ ७ गतेदेखी बन्द भएको सेवा आज ११ दिनपनि खुलेको हो ।

अस्पताल प्रशासनले फार्मेसीमा कार्यरत ४ जना कर्मचारीलाई हिनामिना गरेको आरोपमा निस्कासन गरेपछि मनिपाल स्थित कर्मचारी युनियनको अगुवाईमा आन्दोलनका कारण आकस्मिक बाहेकका अन्य सेवा ठप्प थियो ।

Batas

प्रदेश सामाजिक विकास मन्त्रालय, फूलबारी क्लब, पोखरा लेखनाथ–११, वडा कार्यालयको सक्रियतामा स्वास्थ्य संस्था संवेदनशील क्षेत्र भएकाले निशर्त खुलाउन पटक पटक आग्रह गरिएको थियो । अस्पतालको ओपिडी, जनरल वार्ड सहित सबै सेवाहरु निर्वाध सञ्चालनमा आएको अस्पताल प्रशासन प्रमुख भानु भारद्वाजले बताए ।

आन्दोलनरत पक्षसँग लिखित सहमति नभए पनि अस्पताल सञ्चालनमा आएको छ । निस्कासनमा परेका कर्मचारी टेकबहादुर विकले ताण्डव न्यूजसँगको कुरामा भने, ‘अस्पताल प्रशासनले कर्मचारीको मागलाई नजरअन्दाज गर्दै यत्तिका दिनसम्म मुकदर्शक भयो’, ‘उनले भने, ‘मानवीय संवेदनशीलतालाई नै बुझेर आन्दोलनरत कर्मचारी साथिहरुलाई काममा फर्कन आग्रह गरेका छौं ।’

प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको अगुवाईमा बसेको बैठकमा मन्त्रालयको रोहवरमा सर्वपक्षिय छानबिन समिति गठन गरिनुपर्ने प्रस्ताव राखिएको थियो । तर, अस्पताल प्रशासनले बर्खास्तमा परेका कर्मचारीलाई अस्पतालले छानबिन पश्चात्त दोषि पाइएकाले निकालिएको जिकिर गर्दै सर्वपक्षिय छानबिन समिति गठन गर्न नपर्ने भन्दै सहमतिमा आएको छैन् ।

आन्दोलनरत कर्मचारी युनियन आन्दोलनबाट पछि हटेर अस्पताल सूचारु गरे पनि अब आन्दोलनलाई कता लगेर मोड्ने भन्ने विषयमा निश्कर्ष निकाल्न सकिरहेका छैनन् ।

यो पनि पढ्नुहोस्

अटेरी मनिपाल, जसले तिरेको छैन ९ करोड कर

मनिपाल फार्मेसीमा चरम हिनामिना, ४ कर्मचारी निष्कासन

६ दिन देखि ठप्प मनिपाल, कर्मचारी पुर्नबहालीको माग राख्दा वार्ता असफल

स्थानीयद्वारा मनिपाल अस्पताल खुलाउन माग

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.