www.tandavnews.com
Fact ~ In search of truth

‘पेनफूल मेमोरीलाई डिटेलमा उतार्दा गाह्रो हुँदो रहेछ’

पाेखरा
ताण्डव न्यूज । 

पोखरामा आयोजित आइएमई नेपाल साहित्य महोत्सवको सातौं संस्करणको क्रममा अभिनेत्री मनिषा कोइरालाद्धारा लिखित पुस्तक ‘हिल्ड’ को लोर्कापण गरिएको थियो । लोर्कापणपछि अभिनेता राजेश हमालसँग गरिएको अन्र्तक्रिया कार्यक्रममा क्यान्सरसँग गरिएको संघर्ष र पुस्तक लेखनको बारेमा सुनाइन् । अभिनेत्री कोइरालाले क्यान्सरसँग गरेको संघर्षका कुरा उनकै शब्दमा :

मेरो पहिलो चेकअपको लागि नर्भिक हस्पिटलमा डा.मधु घिमिरेसँग भेट भयो । उहाँले नै मलाई अमेरिका जानु भनेर सल्लाह दिनुभयो । डा. एडमानिसँग मुम्बईमा भेट भयो । त्यसपछि न्युओर्कमा गएर डाक्टर चिसँग भेट भयो । मैलै जहिल्यै पनि इमेल पठाउँथे उहाँहरुलाई न्यूओर्कमा गएर भेट्थे । हरेक कुराबाट सहज हुन्थ्यो मलाई ।

Batas

इग्नोरेन्स 

सक्सेसफूल बलिउड, नेपाली हुँदाहुँदै पनि मेरो लास्ट स्टेजमा नै डाइग्नोसिस भयो । म धेरै इग्नोरेन्स थिएँ । मलाई लाग्छ हाम्रो सचेतनाको लेवल धेरै नै कम हुन्छ ।

हामीले हाम्रो स्वास्थ्य बुझेका हुँदैनौं । फोकस गरेका हुँदैनौं । शरिरले सिमटम्सहरु दिइराखेको हुँदो रहेछ । तर, मैले चिनेको थिइन् । ६ महिनादेखि नै सानो तिनो अप्ठ्यारो भइरहन्थ्यो । त्यसलाई वेवास्ता गर्ने हुन्थ्यो । हाम्रो फिल्मी जगतमा कस्तो हुन्छ भने, अलिकति ज्वरो आएपनि सुटिङ गर्ने, अलिकति गाह्रो भयो भनेपनि काम खत्तम गर्ने नै हुन्छ ।

शरिरलाई फोकस नगर्ने, काम तिर धेरै ध्यान दिइरहेका हुन्छौं । शरिरले संकेत दिइराखेको थियो । बिरामी परिरहेको हुन्थे । ज्वरो आउँथो, रुघा लागिरहन्थ्यो । निरन्तर दुई÷हप्ता सम्म । सानाकुराको वास्ता हुँदैन थियो । लेट्सस्टेजमा हुने हुँदा अनर्फच्युनटी म पनि त्यसैमा परेँ ।

जस्तो कि, मेरो एउटा आन्टीको अमेरिकामा क्यान्सर डाइनोसिस भयो । तर उहाँको डाइनोसिस जिरो स्टेजमा भयो । किनभने उताको हेल्थ केयर स्टिम यति स्ट्रोङ छ, सम्पन्न छ । मान्छेले विर्से भनेपनि हस्पिटलबाट फोन गरेर रिमाइन्ड गरिरहेका हुन्छन् । त्यस्तै, हाम्रो साउथ एसियामा एउटा राम्रो हेल्थ सिस्टम हुनुपर्दो रहेछ भन्ने लाग्छ ।

राइटिङ प्रोसेस र प्रेरणा

मैले सोचेकै थिएँ कि पहिलो किताव क्यान्सरकै बारेमा लेख्छु भनेर । किनभने यो मेरो इमिडेट पास्टको कुरा हो । यसमा धेरै कुरा सिके,धेरै परिवर्तन पनि भयो । त्यो कुरालाई राम्रोसँग नविर्सिकन लेख्न चाहन्थे । मेरो लेसन पनि यसमा लेख्न चाहन्थे । त्यसैले पनि क्यान्सरमाथि लेख्न खोजे । त्यसपछि पेगुइनसँग डिल गरेँ । उहाँहरु एग्री हुनुभयो । मैले क्यान्सरसँग कस्तो किताव लेख्दा ठीक हुन्छ भनेर पनि सोधेकी थिएँ । ‘ओएल ब्रेथ विकज्म एयर’ भनेर सल्लाह दिनुभयो । त्यो किताव पनि पढें । त्यसमा राम्रो लाग्यो ।

लेख्ने प्रक्रिया मलाई गाह्रो नै भयो । एक त म लेखक होइन, अभिनेत्री हो । सानोसानो नोट्सहरु लेख्थे । पूरा किताब कहिल्यै पनि सोचेकी थिइन् । मेरो को–अथरले पनि धेरै मद्धत गर्नुभयो । मैले पहिल्यैदेखि क्यान्सरको बारेमा लेखेर नोटहरु बनाएकी थिएँ । गत वर्ष न्यू एयर मनाउनको लागि सबै फ्यामेली चितवन गएका थियौं । त्यतिखेर पनि आफ्नो कुराहरु सम्झेर रेकर्ड गराएर बस्थे ।

धेरै अफ्ठ्यारो भयो, किनकी पेनफूल मेमोरीलाई डिटेलमा सम्झदा खेरी असाध्यै गाह्रो हुँदो रहेछ । विचमा असाध्यै गाह्रो हुँदा किताव लेख्न छोड्न पनि थालेकी थिएँ तर पेङगुइनको गुरविन चटाले सजेस गर्दिएर कन्फिडेन्ट बढाउनुभयो ।

क्यान्सरको सचेतना

मेरो एउटा सपना छ । क्यान्सर जस्तो रोग लाग्ने, गरिब बिरामीलाई राम्रो केही गर्न सक्यो भने मेरो विचारमा लाइफ सफल बन्छ । सबैको सहयोग चाहिन्छ । हेल्थ केयर सिस्टममानै केही राम्रो हुनुपर्छ । व्यक्तिगत रुपमा गरेर यसको असाध्यै ठूलो समस्या हुन सक्छ, सकिदैन पनि । सरकार लेवल, सिविल सोसाइटी मिलेर यसलाई व्यवस्थापन गर्नुपर्छ । हामी सबैले एकजुट भएर सोच्नुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.