www.tandavnews.com
Fact ~ In search of truth

‘गणित विषय कहिल्यै मन परेन’

पाेखरा
ताण्डव न्यूज । 

५ वर्षको उमेरदेखि म स्कुल जान्थेँ । ताप्लेजुङमा जन्म भएको म त्यहीँ विद्यालयमा पढेको थिएँ । त्यसपछि बसाइँसराइ पछि झापामा आए, त्यसपछि मोरङ । मोरङपछि काठमाडौंमा आएँ । काठमाडौंमा पनि मैले पढेँ । मैले एसएलसी काठमाडांैबाट दिएको हुँ । मेरो बाल्यावस्थाको रमाइलो कुरा भन्नु पर्दा एसएलसी दिने बेलासम्म मैले ११ वटा स्कुल पढेँ ।

मैले बसाइँसराइको क्रममा अभिभावकसँग विभिन्न ठाउँमा जाने हुनाले पनि स्कुल धेरै चेन्ज गरियो । ताप्लेजुङमा मैले शिशु कक्षामा पढेको थिएँ । त्यसपछि परिवारसँग झापा आएँ र यही पढेँ ।

wardno4

त्यसपछि पनि मैले विद्यालय धेरै चेन्ज गरेँ , यसको मुख्य कारण भनेको झापामा हाम्रो स्थायी बसोबास थिएन । अस्थायी मात्र थियो, त्यसपछिका दिनहरुमा म आफ्नो काकासँग बस्न थाले किनकि मेरो बुबा हुनुहुन्नथ्यो थियो ।

म जन्मिएको वर्ष उहाँको निधन भएको थियो । मोरङमा काकासँग बसेर पढ्न थाले । त्यसपछि २०४५ सालमा काठमाडौं प्रवेश गरे । काठमाडौंमा मेरो दाइ हुनुहुन्थ्यो । दाइसंगै बसेर पढेको मैले दोस्रो डिभिजनमा एसएलसी पास गरेँ ।

बाल्यकाललाई सम्झिदा सुख, दुःख भन्दा पनि कति रमाइलो भयो भन्निहुन्थ्यो । राम्रो पढाइ भयो भनेर खुसी हुनु भन्दा पनि आज छुट्टि छ भनेर खुसी हुने उमेर हो त्यो । त्यस्तै कारणले गर्दा पनि यस्ता थुपै्र रमाइला अनुभव छन् ती समयहरुमा । तर एउटा कुरा सधै मेरो मनमा खट्किन्छ ।

स्कुल चेन्ज भइराखेको हुनाले मेरो स्कुल लेभलका साथीहरुको सङ्ख्या एकदम न्यून छ । छोटो समयमा भेटेर छोटो समयमा छुट्टिनु पर्ने हुनाले पनि साथीहरु निकै कम भए ।

अहिले म कलाकारिता क्षेत्रमा छु । बाल्यकालमा दुई वटा सम्झन लायक कुराहरु छन् । मेरो कलाकारिताको सुरुआत पनि स्कुल लाइफबाट भएको हो । ८ कक्षा झापामा पढ्दा खेरि शुक्रवार अतिरिक्त क्रियाकलाप हुन्थ्यो । त्यही मैले पहिलो पटक हास्य…. प्रस्तुति दिए र त्यो प्रतियोगितामा म प्रथम पनि भएको थिएँ ।

दोस्रो, म काठमाडौ आए र पद्यवती हाइ स्कुलमा पढे, त्यस स्कुलमा पढ्दा मैले पहिलो पटक मिडियामा बोल्ने अवसर पाएँ । त्यहीँ स्कुलबाट मैले बाल कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेको थिएँ ।

Mahanagar add

मलाई लाग्छ अंक गणित पो हिसाब किताबमा काम लाग्छ, त्यो विज गणितको के काम, त्यो अलजेब्राको के काम जस्तो लाग्थ्यो त्यसैले मलाई गणित विषय कहिल्यै पनि मन परेन ।

एसएलसीमा पनि गणितमा सबैभन्दा थोरै नम्बर आएको थियो र मलाई एकदम गाह्रो विषय अंगे्रजी लाग्थ्यो । नेपाली साहित्य मन पराउने, कविता, कथा र पत्रकारितामा नै जोडिएको हुनाले मलाई नेपालीमा अलि बढी चासो लाग्थ्यो । तर मलाई इतिहास पढ्न एकदमै मन पथ्र्योे ।

यो समयमा म बद्मासी भन्दा पनि अलि ठट्टा गर्ने जिस्काउने स्वभावको थिएँ । अहिले म सम्झिन्छु म जुन कलाकारितामा छु, त्यसको विरुवा सायद त्यहीँ चकचके पनबाटै उम्रिएको हुनुपर्छ जस्तो लाग्छ ।

किनभने जुन क्षेत्रमा सफल या विफल हुन्छ उसको बाल्यकालको स्वाभावले निर्भर गर्छ । म थुपै घटना सम्झन्छु, आफन्तको घरमा गएको बेला कोर्कामा सुतिरहेको बच्चाको कोर्काे मुनी गएर बच्चाको आवाजमा रोएर आमालाई तर्साउने, खेतबारीमा काम गरेको ठाउँमा गएर सर्पले भ्याकुता खाएको आवाज निकालेर तर्साउने, बच्चाको छेउमा गएर कुकुर भुकेको आवाज निकालेर तर्साउने जस्ता गतिविधि मैले बाल्यकालदेखि नै गर्थेँ ।

स्कुल पढ्दा मैले एकपटक चिट चोरेको थिएँ त्यो बाहेक मैले पैसा चोर्ने काम कहिल्यै पनि गरिँन । तर स्कुलबाट फर्किदा भने अम्बा चोर्ने, र धेरै जस्तो मैले ढुकुर, परेवाको अण्डा चोरेको छु । कागको भने चोर्न पाइएन ।

स्कुलमा हुँदा साथीहरुलाई मैले सताएपनि उनीहरु त्यसमा रमाइलो मान्ने गर्थे । अहिलेसम्म ठट्टा गर्ने मेरो बानीले पहिला पनि साथीहरुलाई खुबै रमाइलो बनाइदिएको थियो । म आज्ञाकारी भएर शिक्षकको सबै कुरा मान्ने भन्दा पनि होमवर्क गर्न नपरे हुन्थ्यो भन्ने कुरामा खुसी हुने गर्थे त्यसैले पनि म आज्ञाकारी भन्दा पनि एभरेजमा पर्ने विद्यार्थी हुँ ।

म बुझ्ने हुँदादेखि नै चुट्किला, कविता भन्ने, गाउँघरमा पूजाआजामा नाच्ने गाउने खालको मेरो स्वाभाव थियो । म जीवनमा कहिल्यै पनि सिरियस भइन र म अहिले पनि सिरियस छैन । हुने कुरा भएर छोड्छ त्यसैले हरेक सुख, दुःखका घटनामा म आफूलाई कुल बनाएर राख्छु ।

प्रस्तुति : विनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...