www.tandavnews.com
Fact ~ In search of truth

‘टेक लिँदा डाइरेक्टर भन्दा पनि राजाराम दाई चाहिन्थ्यो’

पोखरा
ताण्डव न्यूज ।

माघ १७ गतेदेखि देशभरका हलहरुमा प्रर्दशनमा आउन लागेको फिल्म ‘१०० कडा १०’ यतिखेर प्रचारमा देशदौडाहमा छ । फिल्मले भ्रष्ट्रचार बिषयलाई मुख्य विषय बनाएको छ । सोही फिल्मबाट हाँस्य कलाकार मनोज गजुरेलले ठूलो पर्दामा डेब्यू गरेका छन् । यसकारण पनि यो फिल्मलाई विशेषरुपमा हेरिएको छ । फिल्मको प्रचारको लागि पोखरा आएका हाँस्यकलाकार मनोज गजुरेलले फिल्म खेल्नु र सुटिङ अवधिभर भरका रमाइला क्षण सुनाएका थिए । डेब्यू फिल्म ‘१०० कडा १०’ रमाइलो यात्रा उनकै शब्दमा यस्तो थियो :-

१०० कडा १० सुटिङको अवधिमा रमाइला क्षणहरु धेरै नै छन् । म मूल त लामो समयसम्म रंगमञ्चमा काम गरेको मान्छे, प्रविधि रंगमञ्चमा त्यति नजिक हुँदैन् । टिभीमा एउटा क्यामरामा उभिएर युटुवतिर त काम गरिराखेको हो । ठूला– ठूला मेसिनगन टाइपका क्यामरा अगाडि सुरुमा उभिँदा मलाई कसैले मेसिनगन ताकेजस्तो लाग्ने, टाढाबाट लाइट राख्दा कसैले नाइटभिजन हेलिकप्टरबाट ताकिरहेको झै हुने गथ्र्यो ।

Batas

मलाई सुरुमा एकदुई टेक लिन गाह्रो भएको थियो । तर, मैले टेक लिने बेलामा अग्रज दाजु राजाराम पौडेल अगाडि आउनु भयो अनि मलाई सब डरहरु भाग्यो । जुन क्यामरा कन्सस माइन्ड थियो, त्यो डरहरु पूरै भाग्यो । मान्छेलाई अपनत्व फिल हुँदो रहेछ । लामोसमय सम्म सँगै रंगमञ्चमा काम पनि ग¥यौ । उहाँ जब अगाडि उभिनुहुन्थ्यो मलाई टेकको बेला डाइरेक्टर, क्यामरामेन भन्दा पनि राजाराम दाई चाहिन्थ्यो । जब राजाराम दाई अगाडि उभिनु हुन्छ, एकदुई टेक मै ‘ओके’ हुन्थ्यो ।

अर्को पक्ष के छ भने, विशेषत नवकलाकार साथीहरुलाई हौसला स्वरुप अनुभव सेयर गर्दैछु । हामी काठमाडौंमा रहने या प्रदेश र देशका राजधानीमा रहने र दुई चारवटा टिभीमा अनुहार देखाएका मान्छेहरु आफूले आफूलाई राष्ट्रिय कलाकार भन्छौं । हामी भन्दा जुनियर, नयाँ आउने कलाकारलाई त्यति प्रोत्साहन दिँदैनौं । यो फिल्ममा तीन÷चार जना नयाँ कलाकार हुनुहुन्छ ।

उहाँहरु देखेर मलाई गजव के लाग्यो भने, हामीहरु भन्दा प्रतिभाशाली कलाकारपनि मिडियाभन्दा बाहिर रहेछन् । त्यसैले अहंकार गर्नु हुँदैन है !, टिभीमा अनुहार देखाउँदैमा राष्ट्रिय कलाकार हुँदो रहेन्छ, ठाउँ नपाएर मात्र रहेछ भन्ने अनुभूति भयो ।

मैले सुरुमा कुनै पनि फिल्म खेल्दिन भनेको थिएँ । यसको अर्थ, कसम खाएर यो नराम्रो भनेर होइन कि मेरो आफ्नै ठाउँ छ । म रंगमञ्चमै छु । अब फिल्म खेल्नुपर्छ भन्ने छैन् । अहिले त रंगमञ्चको खिचेर युटुवमा हालिदियो भने फिल्म भन्दा राम्रो प्रचार हुन्छ भनेर बसिरहेको थिएँ । मलाई के लाग्थ्यो भने एउटा यस्तो सिनेमा बनोस् कि यसले संसारभरीका नेपालीहरुलाई जोडोस् ।

म त्यो कल्पना गर्थे । फेरी मैले ती नेपाली भनेको होइन जो भर्खर १०÷२० वर्ष गएका होइन् । त्यही बसेका नेपाली जस्तो कि, भुटान, सिक्किम दार्जलिङका, देहारदुनका नेपाली सयौं वर्ष बसेका नेपाली । हामीलाई हाम्रो पुर्खाको मुल भूमिले केही नदिएपनि एउटा जोड्ने डोरी त गासिदिओस न । कहिलेकाँही हाम्रा बाजेबजैको देश नेपाल हो अरे भनेर भनुन् । यस्तै एउटा सिनेमा बनोस भन्ने लाग्थ्यो ।

रामशरण पाठक जिको एउटा सिनेमा हेरेको थिएँ, ‘प्रेमगीत–२’ । ठ्याक्कै त्यहाँ बर्मामा बसेका नेपालीहरुको कथा रहेछ । मैले रामशरण जि लाई त्यस्तै नेपालीलाई जोड्ने कथाको फिल्म बनाउ न भनेर रिक्वोस्ट गरेको थिएँ । उहाँले मनोज सर त्यो सेकेण्ड टाइममा गरौं मसँग अर्को भ्रष्टचारको कथा छ भन्नुभयो । मैले भने, ‘सर म त सिनेमा खेलेको मान्छे होइन, ठूलो मञ्चमा वल्लोछेउ देखि पल्लो छेउसम्म मेरो साम्राज्य भनेर एक्लै बोल्ने मान्छे । क्यामरामा कैद गर्न सक्नुहुन्छ त ? म त छाडा साँढेजस्तो हुँ । मलाई क्यामरा देखेपछि डर लाग्छ ।

ओठमुख सुकिहाल्छ भन्नुपर्ने कुरा बिर्सिहाल्छ’ भनेको उहाँले एउटा फिल्म हेर्नको लागि सिफारिस गर्नुभयो । ‘भरोसा छ तिम्रै’ भन्ने सर्ट मुभि । मुभि हेरे । बडो मोटिभेट फिल्म रहेछ । गाउँघरमा अन्धविश्वास, बालबच्चाले आमाबाबु प्रति गर्ने कर्तव्यको बारेमा फिल्म रहेछ । यस्तो राम्रो अभिनय गरेका छन् त्यहाँ कलाकारले । फिल्म हेरिसकेपछि रामशरण पाठकले सोध्नुभयो, ‘मनोज सर हेर्नुभयो ।’ अनि मैले फिल्म बडो राम्रो लागेको बताए र भने, ‘तपाइले मलाई डाइरेक्सन गर्न सक्नुहुनेछ ?’ उहाँले भन्नुभयो, ‘सिनेमामा अभिनय गर्ने जोजो कलाकार छन् नि ती कलाकार होइनन् । तिनीहरुको पहिलो र अन्तिम पटक खेलेको त्यही हो । मैले त्यस्ता मान्छेलाई त एक्टिङ गराए भने, तपाई त कलाकार । काम गर्न सक्नुहुन्छ भन्नुभयो । र मैले खेलें ।

फिल्ममा म मनोज गजुरेल नै छु । कथामा एउटा पात्र मागेको थियो । एउटा मोटिभेटर स्पिकर जो भ्रष्टचारको बिरोधी अभियानमा लागेर हाँस्य व्यग्य अभियन्ता हुन्छ । विकृति विसंगतिको बारेमा बोल्दा उसले कति कुटाई, गाली खान्छ, उसको पारिवारिक व्यवसायिक व्यवहारमा के हुन्छ, के समस्या के पर्छ ।

एउटा कमेडियनलाई सच्चा बोल्नको लागि के–के चिजले रोक्छ, भ्रष्ट्रचार अन्त्यको लागि केकेसम्म त्याग गर्छ त भन्ने एउटा पात्रको रुपमा मलाई लेखक निर्देशक ज्यूले उभ्याउनु भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.