www.tandavnews.com
Fact ~ In search of truth

मेरो नजरमा…उत्कृष्ट ५ गुरुङ सिनेमा

पोखरा
ताण्डव न्यूज ।

पोखरा गुरुङ सिनेमाको उर्वराभूमि हो । सुरुआतको समयदेखि २२ वर्षको जवानीमा पुगेको गुरुङ सिनेमा, यो अवधिमा दुई सय हाराहारीमा भाषिक सिनेमा बने ।

चलचित्रको निर्माण गर्ने व्यक्ति र छायांकन समेत बढी मात्रामा गण्डकी अञ्चलमा हुने गरेको पाइन्छ । गुरुङ चलचित्र र त्यससँग सम्बन्धित चलचित्रकर्मीलाई सहज होस् भनेर २०६५ सालमा गुरुङ फिल्म एसोसियसन (जिफान) स्थापना गरिएको थियो ।

Batas

जिफानको संस्थापक अध्यक्ष समेत रहेका माओत्से गुरुङलाई ताण्डव साप्ताहिकले उत्कृष्ट पाँच गुरुङमा सिनेमा रोज्ने प्रस्ताव ग¥यो । गुरुङलाई उत्कृष्ट लाग्ने पाँच सिनेमाहरु यसप्रकार छन् :

१)

घ्री धिर्बे व्यथा आङी, (एउटा घरको व्यथा होइन्)

निर्देशक : ओमप्रकाश गुरुङ,

रोजगारीको लागि भारतमा भर्ति हुनुपर्ने बाध्यता भएका गुरुङ युवकहरु जब कार्गिल लडाईमा देहान्त हुन्छन् र उनीहरुको शव गाउँमा ल्याइन्छ । गाउँमा शब बोक्ने पुरुष भेटिदैन् अनि महिलाले शब बोक्छन् । गुरुङ संस्कार अनुसार पुरुषले मात्रै शब बोक्नुपर्छ भन्ने मान्यतालाई तिरको प्रहार गर्दै प्रगतीशिल विचार संप्रेषण गरेको छ ।

२)

बाचा बन्धन

निर्देशक : गोरु गुरुङ

गोरे र काशी एकअर्कालाई औधी प्रेम गर्छन् । उनीहरुले सँगै जिउने र मर्ने कसम खाएका हुन्छन् । जब गोरे विदेशिनुपर्छ काशी गोरेको वियोगमा भिरबाट लडेर मर्छे ।

अन्ततः विदेशबाट फर्केपछि गोरे पनि काशीको वियोगमा भिरबाट लडेर मर्छ । उनीहरुको आत्मा मिलन हुन्छ । चोखो प्रेम गर्नेहरुको आत्मा पनि मिल्छन् भन्ने देखाइएको छ ।

३)

कर्म क्याँ (कर्मको बाटो)

निर्देशक : जसमाया ‘जसु’ गुरुङ

दुई प्रेम प्रेमीका विभिन्न कारणबाट छुट्टिन पुग्छन् । छुट्टिएर टाढा भएपनि एक अर्का प्रति सदैव सद्भाव र माया गर्छन् । प्रेमको प्राप्ती शरीर होइन भन्ने सन्देश यस चलचित्रले दिन्छ ।

४)

हर्बे ट (लेकाली फूल)

निर्देशक : लोकबहादुर गुरुङ

सहरमा घर किने पछि जब शिरकाशीको दाज्यू भाउजूले शिरकाशी लगायत परिवारले लिएर सहर जान्छन् । उनले आफ्नो प्रेमी र गाउँघरलाई भुल्न सक्दैन् । र गाउँ फर्कन्छ । यस चलचित्रले लेकमा फुल्ने फूल लेकमा नै सुहाउँछ भन्ने प्रतिकात्मक शैली अपनाएको छ ।

५)

रि च्हमी (चेलीबेटी)

निर्देशक : ओमप्रकाश गुरुङ

सासुले बुहारीमाथि गर्ने हर्तनका कारण बुहारी आत्महत्या गर्न पुग्छे । छोरीलाई माया र बुहारीलाई दुव्र्यहार गर्नुहुँदैन भन्ने यसको आसय हो । बुहारी पनि छोरी सरह हो भन्न सन्देश चलचित्रले दिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.