www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘तेस्रो मेगा एजुकेशन फेयर’ जेठ २५ देखि

पोखरा
ताण्डव न्यूज ।

पोखरामा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित शैक्षिक मेला हुन लागेको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा आयोजना गर्ने फेयर जेठ २५ र २६ गते न्यूरोड स्थित सिटी स्क्वायरमा चल्नेछ ।

पोखरामा आधा दर्जन बढी फेयरको सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरिसकेको वान अपले यस फेयरलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जनाएको छ । ‘पोखरामा धेरै पटक हामी आईसक्यौं । यसअघिका मेलाहरु निकै सफल भएका थिए । यो पटक अझै भव्य तवरले शैक्षिक मेलाको तयारी हुँदैछ ।’ वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले भने, ‘यहाँका विद्यार्थी र अभिभावकका लागि यो फेयर अत्यन्त फलदायी हुने हाम्रो विश्वास छ ।’

Batas

दुई दिने मेला अवधीभर सिटी स्क्वायरमा २० बढी शैक्षिक परामर्श संस्थाहरुबाट वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी दिनेछन् । विद्यार्थी तथा अभिभावकले मेलामा एउटै स्थानबाट धेरै अन्तराष्ट्रिय कलेज र यूनिभर्सिटीहरुको बारेमा जानकारी लिन पाउनेछन् ।

आयोजकले यो पटक पनि मेलामा विद्यार्थीहरुको लागि विशेष अफरहरु रहेको बताएको छ । मेलामा सहभागिता जनाउने विद्यार्थीहरुका लागि ‘हात खाली नजाने’ उपहार योजना पनि आयोजकले ल्याएको छ ।

मेलामा आउने सुरुका एक हजार जनालाई हरेक दिन विशेष उपहार दिइने आयोजकले जनाएको छ । त्यस्तै, मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।

अष्ट्रेलिया, अमेरिका र न्यूजिल्याण्डका कलेज तथा यूनिभर्सिटीहरुमा स्थलगत भर्ना तथा छात्रवृत्ति सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

यस्तै, टेष्ट प्रिपेरेशन सम्बन्धी विशेष अफर समेत रहेको छ । त्यो सँगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुले स्थानीयस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् ।

विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको ‘वान अप’ ले बताएको छ ।

क्विन्सफोर्ड कलेजको प्रस्तुतिमा हुन लागेको मेलामा बेलायत, अमेरिका र अष्ट्रेलियाका पुराना कलेज तथा यूनिभर्सिटीहरुले समेत सहभागिता जनाउँदैछन् ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा जापान, न्युजिल्याण्ड, अष्ट्रेलिया, यूएस, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.