www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र आवश्यक ः मन्त्री लम्साल

विनिता सुनार
पाेखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेश वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको आवश्यकता रहेको बताएका छन् । सातौ सिटि रेवान तथा फुड फेस्टिबलको उद्घाटन सत्रमा बोल्दै मन्त्री लम्साले उक्त कुरा बताएका हुन ।

गण्डकी प्रदेशको स्थानीय उत्पादनको विकास प्रर्वद्धन गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको आवश्यक रहेको बताएका हुन् । ‘केहि समय अगाडि उप राष्ट्रपति आएर उद्घाटन गर्दा सुरक्षाको लागि घरघरमा सुरक्षा कर्मी राख्न बाध्य भएको थियो, यो अर्थमा पनि यहाँ अन्तराट्रिय प्रदर्शनि केन्द्रको आवश्य देखिएको हो’ उनले भने ।

Batas

मन्त्री लम्सालले भौतिक पूर्वाधारको विकास गरी स्थानिय उत्पादनलाई जोड दिनु पर्नेमा उल्लेख गरे । ‘सरकार अर्गानिक खाद्यान्नको उत्पादनमा वृद्दि गरी मुलुकको विकासमा चिन्तित रहेको छ, ’ उनले भने, ‘यसका लागि निजि क्षेत्रको लगानिलाई समेत बढाउनु पर्ने देखिन्छ ।’

गण्डकी प्रदेशको विकासको लागि दुई सय पर्यटकीय क्षेत्रको पहिचान गरिएको लम्सालको भनाई रहेको छ । ‘हामलाई अन्तर्राष्ट्रिय स्तरको सेमिनार हल अत्यावश्क छ, स्थानिय उत्पादन पर्यटन प्रवद्धन गर्नको लागि समेत माइस विल्डिङ बनाउने योजना गण्डकी प्रदेश सरकारको रहेको छ’ उनले भने ।

पोखराबाट नै मध्य पहाड जोड्ने बाटा्ेको योजना समेत रहेको उनले सुनाए । अधिकारीको निधनले पोखरालाई ठुलो क्षति पुगेको उनको धारणा रहेको छ । पोखरालाई पर्यटन क्षेत्रको रुपपमा विकास गर्ने सपना पूरा गर्नुपर्नेमा उनले जोड दिए । पर्यटन वर्ष २०२० लाई सफल बनाउन बार रेष्टुरेन्ट टान लगायतले सहयोग गर्नु पर्ने बताउदैँ विकास र संमवृद्धिलाई सघाउन सबैले सहयोग गर्नुपर्नेमा लम्सालले धारणा व्यक्त गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.