www.tandavnews.com
Fact ~ In search of truth

मेलानको वरिष्ठ उपाध्यक्षमा भण्डारीको दाबि

पोखरा
ताण्डव न्यूज

मेडिकल ल्यावरोटरी एसोसिएशन अफ नेपाल (मेलान) को वरिष्ठ उपाध्यक्षमा पोखराका शंकर भण्डारीले उम्मेद्वार दिने भएका छन् । काठमाडाैमा भाेलीदेखी सुरु हुने चौथों राष्ट्रिय सम्मेलनमा भण्डारीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् ।

पेशागत हकहितको लागि लामो समयदेखी अभियन्ताका रुपमा अघि बढेका हुनाले पनि भण्डारी मेलानको वरिष्ठ उपाध्यक्ष पदमा जित्ने पक्का भएको छ । २०६३ साल संस्थाको स्थापना काल देखिनै भण्डारी केन्द्रीय सदस्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्ति हुन् ।

Batas

दुई पटक केन्द्रीय सदस्यमा आफ्नो क्षमता र कुशल कार्यका व्यवस्थापन गरिसकेकाले पनि तेस्रो अधिवेशनले उनलाई उपाध्यक्ष पदको जिम्मा दिएको थियो ।

काठमाडौंमा भोलिदेखि सुरु हुने  अधिवेशन २६ गतेसम्म चल्ने छ । चौथों राष्ट्रिय सम्मेलनको उद्घाटन वातावरण मन्त्रि लालबाबु पण्डितले गर्नेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.