www.tandavnews.com
Fact ~ In search of truth

जुत्ता सिलाएर मन जित्ने मिनबहादुर

पोखरा
विनिता सुनार /ताण्डव न्यूज ।

चार हजारको जोरजामले आज भन्दा तीन दशक अघि ‘जुत्ता सिउने’ काम थालेका थिए मिनबहादुर रोक्का । ५८ वर्षीय राकाया बनेपाबाट पोखरा आई निरन्तर एउटै पेसा अँगालेको दशकौं भयो ।

पोखरा बगालेटोलमा बस्दै आएका मिनबहादुर महेन्द्रपुल नेपाल टेलिकम ग्राहक सेवा केन्द्रको पछाडि जुत्ता सिउने काम गदै आएका छन् । बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म जुत्ता सिलाउँदै ग्राहकसँग हाँसो, ठट्टा गदै उनको दैनिकी बित्छ ।

Batas

‘काममै रमाउँछु अनि ग्राहकलाई हाँसाउदै काम सक्छु,’ उनले भने, ‘आउने ग्राहक सबैले जुँगे दाइको उपनाम दिएका छन्, यो नामले बोलाउदा खुशी लाग्छ ।’

कामलाई बोझको रुपमा नलिएकै हुनाले उनी आफ्नो काम प्रति सन्तुष्ट छन् । ‘कामको मामिलामा आफूलाई सबैले राम्रो भनेको सुन्न चाहन्छन्,’ उनले भने, ‘ म मन दिएर राम्रो काम गर्छु त्यही भएर ग्राह खुशी हुन्छन्, उनीहरुको खुशी हुनु भनेको म खुशी हुनु हो ।’

काम पक्को गर्ने भएकाले नै एक पटक आएको ग्राहक उनलाई नै खोज्दै आउँछन् । ‘बुढा पाकादेखि युवा–युवतीहरु जुँगे बा भन्दै खोज्दै आउँछन्,’ उनले भने, ‘काम गरेपछि पैसा त कमाइन्छ तर त्यो भन्दा ठूलो कुरा जुत्ता सिलाएर मालिक कमाएको छु । त्यही भएर त मलाई खोज्दै आउँछन् ।’

परिवारमा एक छोरा, एक छोरी श्रीमती र आफूगरि चारजनाको परिवारलाई मिनबहादुरले नै धानेका छन् । तर पछिल्लो समय एक्कासी महङ्गी बढेपछि पहिले भन्दा परिवार चलाउन गाह्रो परेको उनले व्यक्त गरे । ‘महङ्गीले चुली टेकेको छ,’ उनले भने, ‘दिनमा एक कप चिया खायो २० पर्छ, तरकारीको भाउ पनि सुनि नसक्नु भएको छ । आफ्नो जमिन छैन, किनेर खानेलाई गाह्रो पर्छ ।’

दिनभरको घाम छल्नका लागी छाता मिलाउँदै ओझेलमा काम गर्छन् मिनबहादुर ।

‘घाम छल्न त छाताले साथ दिन्छ तर पानि पर्दा त बिजोग नै हुन्छ,’ उनले भने, ‘सामान नै पोको पारेर भाग्नु पर्ने बाध्यता हुन्छ । यो पानि त साह्रौ बेइमानी, कति बेला पर्ने हो अत्तो–पत्तै नै हँुदैन ।’

लामो समय कामदेखि काम गर्दै आएको उनले कहिले कहाँ व्यापार नहुदा साह्रै गाह्रो हुने गरेको सुनाए ।

‘व्यापारको ठेगाान नै हुदैन्, दिउँसै पानि पर्ने दिनमा त कमाई हुदैन्,’ उनले भने, ‘बिहानै आयो मानिसको आवत–जावत हुने बेलामा मौसमले साथ दिदैन । कहिले सोह्र सत्र सय जति हुन्छ भने ,कहिलेकाहीँ त पाँच छ सय भन्दा हुदैन ।’

सुरुवातमा मिनबहादुरले दिनमा तीनदेखि चार सयको व्यापार गर्ने गरेका थिए । ३०, ४० रुपैयाबाट जुत्ता सिलाउँदै आएका उनले हालसम्म आउँदा १ सय बढेको बताउँछन् । उनी भन्छन्, ‘कमाई भन्दा खर्च बढी छ । जति कमाए पनि जोगाउन गाह्रो हुन्छ । ’

आफ्नो र परिवारको जीवन धान्को लागि घाम र पानी छल्दै काममा आई पुग्छन् उनी ।

जुत्ता, चप्पल, छाता मर्मत गदै परिवारको जीवन धान्दै आएका मिनबहादुरले ‘कुनै पनि काम सानो ठूलो हुदैन’ भन्छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.