www.tandavnews.com
Fact ~ In search of truth

मिर्मिसाको गजल यात्रादेखि मुक्तक ‘मुकुल’ सम्म

विनिता सुनार
पाेखरा, ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका–१२, कुडँहर, कास्कीमा जन्मिएकी मिर्मिसा पराजुली पोखरामा पहिलो युवा मुक्तककार भनेर परिचित छिन् । साहित्य क्षेत्रमा निरन्तर कलम चलाएकी मिर्मिसाले धेरै नै संघर्ष गरेर पोखरामा अवस्थित मुक्तक मञ्चबाट मुक्तक ‘मुकुल’ निकाल्ने पहिलो युवा मुक्तककार हुन् । उनको विद्यालयको पाठ्यक्रम बाहेक अन्य सिर्जनामा पनि सानैदेखि कलम चल्ने गथ्यो । मनको भाव अनि देखेका कुरा उनी कविताको रुपमा काजगमा उतार्थिन् ।

सानोमा आफूले लेखेका रचनाहरु कापिमा मात्र सिमित भएको मिर्मिसा बताउँछिन् । ‘आफूले रचेका रचनाहरुलाई कहिल्यै कसैलाई देखाइन, नदेखाउने मात्र कहाँ हो त्यसलाई सुरक्षित गरेर पनि राखिन्,’ उनले भनिन्, ‘त्यसैले आजभोलि साथिहरु भन्छन्, स्कुलमा हामीलाई लुकाएर लेखेका कविताहरु खै, म केहि बोल्न सक्दिन ।’

Batas

अक्सर आफुलाई फुल, पुतली जस्ता विषयहरुमा कविता लेख्न मन लाग्ने मिर्मिसा बताउँछिन् । ‘ती प्राकृतिक सुन्दरतामा मलाई रमाइलो महसुस हुन्छ,’ उनले भनिन्, ‘त्यसैले अझै पनि त्यो दिनहरु, ती सम्झनाहरु मेरो मनको मानसपटलमा ताजै छन् ।’

साहित्यक क्षेत्रको सुरुवात

अमरसिंह नमुना माध्यमिक विद्यालयमा दश पास गरेकी मिर्मिसाले कालिका उच्च माध्यामिक विद्यालयबाट प्लस टु उत्तीर्ण गरेकी हुन् । पढाईलाई निरन्तरता दिदैँ गर्दा उनले स्नातक तहमा अध्ययनका लागि पुथ्वीनारायण क्याम्पस पुगिन् ।

साहित्यमा मोह मात्र होइन सपना समेत देख्ने उनले त्यसैमा भविष्य नदेख्ने कुरै भएन् । मन मस्तिकमा सिर्जन बोकेर हिडेकी उनलाई पोखराको साहित्य क्षेत्रमा पाईला चाल्न कुनै गाह्रो काम हुने कुरै भएन् ।

सुरु–सरुमा मुक्तक साहित्यमा नै लाग्ने भनेर लेख्ने मानिसहरु साह्रै कम रहेको उनी बताउँछिन् । ‘आजभोलि मुक्तकलाई माया गर्ने र सिर्जना गर्नेको सख्या बढेको छ, त्यो वेला अलि कम थिए,’ उनले भनिन्, ‘त्यस समयबाट आफूलाई फर्किएर हेर्दा धेरै राम्रो गरेको अनुभव हुन्छ ।’ रेहियो, पत्रिकामा साहित्यक कार्यक्रमहरु धेरै सुन्ने गर्थे । ‘कविता, गजलहरुको कार्यक्रम सुन्दा रमाइलो लागेर आउथ्यो,’ उनले भनिन्, ‘त्यसबाट पनि यस क्षेत्रमा आउन हौसला मिल्थ्यो ।’

उनको लगनशिल र मेहेनतले जानी नजानी भएपनि लेखनको क्रमलाई निरन्तर गरिन् । उनले २०६४ सालेदेखि फुटकर मुक्तक, कविता र गजलहरु बिस्तारै लेख्न थालिन् । त्यसैले गर्दा पनि उनले राम्राे प्लाटर्फम पाइन् । यसले उनलाई विभिन्न प्रतियायेगितामा भाग लिन अवसरहरु पनि प्राप्त भयो । उनले पहिलो पटक २०६५ सालमा ‘पोखरा पाक्षिक’ पत्रिकामा फुटकर गजल प्रकाशित गरि औपचारिक रुपमा साहित्यक यात्रामा लागेकी हुन् ।

साहित्यक क्षेत्रमा आफूलाई ढल्काउँद गर्दा उनले धेरै ठाउँहरुबाट सम्मान र पुरस्कारहरु पनि प्राप्त गरेकी छिन् । २०६८ सालमा पश्चिमाञ्चल क्षेत्रीय मुक्तक प्रतियोगिताबाट उनले तृतीय पुरस्कार प्राप्त गरेकी थिइन्, २०७२ सालमा प्रणय गजल प्रतियोगिताबाट तृतीय पुरस्कार, २०७२ सालमा नै १२० औ अक्षरयात्राको सन्र्दभमा उनले उत्कृष्ट रचनावाचनको पुरस्कार लिन सफल भइन् । यसैगरि उनले २०७३ सालमा रेडियो लेकसिटि तालचोकद्धारा आयोजित प्रेमपत्र लेखनमा द्धितिय पुरस्कार प्राप्त गरेकी थिइन् ।

उनले विगत ५ बर्ष देखि मिडियामा साहित्यिक कार्यक्रम चलाएको अनुभव समेत छ । यसैगरि गजल सन्धा पोखरा, मुक्तक मञ्च आदिमा समेत उनी आबद्ध छिन् । साहित्यक क्षेत्रबाट कुनाकन्दरा देखि दार्जलिङसम्म पुगेर मिर्मिसाले आफ्ना रचानालाई साहित्यक प्रेमीमाझ प्रस्तुत गरेकी छिन् ।

कविता, गजल वाचनसंगै मुक्तकमा पनि मिर्मिसाको मोह बढ्न थाल्यो । मोह बढेसंगै उनले २०७४ सालमा ‘मुकुल’ मुक्तक किताब प्रकाशन गरिन् । ‘मुकुल’ सम्म आइपुग्दा त्यस साहित्यक क्षेत्रमा आफूले एक दशक बिताएको उनले हेक्का नै गरिनन् । मुक्तक लेख्ने क्रममा पोखरामा रहेका साहित्यक संघ संस्थाहरु, कार्यक्रमहरु, अभियानहरुको सपोर्ट र प्रेरणाले यस क्षेत्रमा आफूलाई हौसाला मिलेको अनुभव सुनाउँछिन् ।

मुक्तकीय शैलीमा आफ्ना मनका भावहरु पोख्न सजिलो नहुने मिर्मिसा बताउँछिन । ‘लेखनलाई नै निरन्तरता दिएकै कारणले त्यस विधा प्रिय लागेको हो,’ उनले भनिन्, ‘त्यसैले पनि कविता र गजलमा भन्दा मुक्तककमा रुची बढ्दै जान थाल्यो । जसको फलस्वरुप आफ्नो पहिलो कृति ‘मुकुल’ मुक्तक लिएर आउन सफल भएकी छु ।’

मिर्मिसा पराजुलीको पहिलो कृति ‘मुकुल’ (मुक्तक सञ्चयन) मुक्तक मञ्च पोखराले प्रकाशक गरेको छ । मुख्यपृष्ठ गरि ११२ पृष्ठमा रहेको मुक्तक संग्रहमा समाजमा भएका असमानता, व्यङ्ग्य, भाव, समसामयिक कलात्मक समायोजन भएसंगै मिर्मिसाले आफ्नो कलम चलाएकी छिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.