www.tandavnews.com
Fact ~ In search of truth

मिस गण्डकी अडिसनमा २० प्रतिस्पर्धी छानिए

पोखरा ।

पोखरामा आयोजित पाचौं संस्करणको मिस गण्डकीको अडिसन राउण्डबाट २० जना प्रतिस्पर्धी छनोट भएका छन । बुल्यु स्काई एजुकेशन एण्ड स्टुडेन्ट कन्सेल्टेन्सी सर्विसको प्रस्तुतिमा गरिएको कार्यक्रममा २८ जना युवतीहरुको सहभागिता थियो ।

युवतीको सुन्दरतासँगै उनिहरुको आन्तरिक प्रतिभा,क्षमताको आधारमा छनोट गरिएको आयोजक संस्था एसटि कृयशनका प्रबन्ध निर्देशक सुरज थापाले बताए । छनोट भएका प्रतियोगीहरुलाई बुधबारदेखि प्रशिक्षण गराईने छ ।

Batas

शनिबार भएको अडिसनमा फेसन डिजाईनर नविन पाख्रिन,फोटोग्राफर सुरज श्रेष्ठ, तेस्रो संस्करण मिस गण्डकीकी विजेता ज्योती राई ,चौथो संस्करणको मिस गण्डकीकी विजेता रितीका गुरुङ र उपविजेता जेस्मिन गुरुङको निर्णयमा उक्त प्रतिस्पर्धीलाई छनोट गरिएको हो ।

तेस्रो संस्करणको मिस गण्डकी की विजेता ज्योती राईले आफुले टाईटल जितेपछि समाजमा हर्ने दृष्टिमै फरकपन आएको र आफुमा आत्मविश्वास पनि बढ्दै गएको बताईन् ।

मिस गण्डकी कार्यक्रमले निरन्त्रता दिईरहेको बताउदै चौथो संस्करण मिस गण्डकीकी विजेता रितीका गुरुङले आफुलाई उक्त कार्यक्रममा विश्वास लागेको बताईन् । मिस गण्डकी चौथो संस्करणकी उपविजेता जेस्मिन गुरुङले यस्तो कार्यक्रमले युवतीहरुको मनोबल बढाउने हुदाँ सहभागी हुनुपर्नेमा जोड गरिन् ।

छनोट भएका प्रतियोगीलाई गण्डकी प्रदेशकै कुनै रमणीय पर्यटकीय स्थलमा फोटोसुटका साथै भिडियो प्रोमो सुटका लागि लगिने आयोजकले जनाएको छ ।

यस्तै, प्रतियोगीताको कोरियोग्राफी मिस नेपाल वल्ड २००५ सुगारीका केसी र सुरज थापाले गर्दैछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.