www.tandavnews.com
Fact ~ In search of truth

मित्र मिलनको ५औं स्थापना दिवस वृद्ध तथा बाल आश्रममा

पोखरा
ताण्डव न्यूज ।

पोखरा नयाँबजारमा रहेको मित्र मिलन कृषि सहकारी संस्था लि. स्थापना भएको ५ बर्ष पुगेको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले पोखरा २७ मा रहेको कृष्ण प्रणामी बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ । मित्र मिलनले कार्यक्रमको आयोजना गर्दै आश्रमलाई फलफूल, खाद्यान्न , तरकारि तथा कुर्चिहरु हस्तान्तरण गरेको हो।

Batas

सल्लाहकार सोम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आश्रमका सदस्य महेश्वर पाण्डे , संस्थाका प्रबन्धक किरण अधिकारी लगायतले कृषी सहकारीले कृषकका लागि मात्रै नभएर समाजका लागि थप कार्यक्रमहरु गर्ने बताए । सामाजिक उत्तरदायीत्व सबैमा हुनुपर्ने औंल्याउँदै समाजीक सहयोगमा सबै लागि पर्नुपर्ने उनिहरुको जोड थियो ।

संस्थाका सचिव तथा प्रबन्धक रमण पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

पाँच बर्ष सम्म आइपुग्दा यसले यहाँका कृषकहरुलाई समुहमा संगठित गरि सामुहिक आलुखेति लगायत अन्य व्यबसायिक कार्यक्रम हरु सञ्चालन गरिरहेको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.