www.tandavnews.com
Fact ~ In search of truth

मित्र मिलन सहकारीको साधारण सभा सम्पन्न, विभिन्न व्यक्तिलाई सम्मान

पोखरा
ताण्डव न्यूज ।

मित्र मिलन कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले सोही अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

सहकारीले यस वर्षदेखि राखेको मित्रमिलन पत्रकारिता सम्मान ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई प्रदान गरेको छ । गिरीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

Batas

सहकारीले उत्कृष्ठ वचत कर्ता सम्मानबाट ज्ञानेन्द्रनाथ गौतम, उत्कृष्ट ऋणी सदस्यबाट मिनबहादुर श्रेष्ठ, सकृय शेयर सदस्य भुपेन्द्र शर्मा घिमिरे, जेष्ठ सदस्य तथा नियमित मासिक बचत कर्ताबाट शोमप्रसाद शर्मालाई सम्मान गरेको थियो । त्यसैगरी एसईईमा र १२ कक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको थियो ।

जसमा एसईईमा उत्कृष्ट अंक ल्याउने कर्णबहादुर रानाभाटका छोरा सुमित रानाभाट र १२ कक्षातर्फ उत्कृष्ट अंक ल्याउने शलिना श्रेष्ठका छोरा विमल श्रेष्ठ लगायत एसईई र १२ तर्फ पास हुने ७ जनालाई सम्मान गरिएको थियो ।

मित्र मिलन सहकारी राम्रो काम गर्दै आएको गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापती दीपक कोइरालाले बताए । ‘सहकारीले तल्लो वर्ग लागि सहयोग गर्नुपर्छ,’ उनले भने, ‘जुन काम मित्र मिलन सहकारीले गरेका पाइन्छ ।’ जनतालाई अर्थिक क्षेत्रमा सहयोग गर्ने मुख्य सहयोगीको रुपमा सहकारी देखिएको उनले सुनाए । ‘पछिल्लो समय सबै क्षेत्रका मानिस सहकारीमा आवद्ध भएको पाइन्छ,’ उनले भने, ‘सहभागिमात्र भएर हुदैन, सक्रिय रुपमा लाग्नुपर्छ ।’

मित्र मिलन सहकारीका अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, कास्की जिल्ला वचत संघका अध्यक्ष सुदिप ढकाल, जिल्ला कृषि सहकारी संघका सचिव अनिल सुवेदी, शिखर इन्स्यूरेन्स तालचोकका शाखा प्रवन्धक कुशल पौडेल, मित्र मिलन सहकारीका संस्थापक सचिव तथा सल्लाहकार भरत भट्टराई लगायतकाले बोलेका थिए भने कार्यक्रमको सञ्चालन पुष्पराज लामिछाने गरेका थिए । सभामा सहकारीका सचिव तथा प्रवन्ध निर्देशक रमण पौडेलले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.