www.tandavnews.com
Fact ~ In search of truth

मोबाइल मेला जारी

पाेखरा ।

गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार पोखरा टावर प्रालिमा मोबाइल मेला जारी छ । आइतबारबाट सुरु भएको मेलाका ३ दिनमा ३६ लाख कारोबार भएको छ भने करिब २ हजार बढीले मेला अवलोकन गरेको पोखरा टावर प्रालिका अध्यक्ष उदय केसीले जानकारी दिए ।

एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पर्याप्त पाकिङ भएको बजार सञ्चालनमा आएको हो । सबै ब्रान्डका मोबाइल बक्री तथा सेवा उपलब्ध हुने भएकाले दर्शकको आगमन बढ्दै गएको प्रालिका सचिव नारायण सुवेदीले बताए ।

Batas

मेलामा हरेक दिन ५ जनालाई सान्त्वना पुरस्कार दिनेगरिएको छ । मंगलबारसम्म लक्की ड्रमार्फत १५ जना सान्त्वना पुरस्कार पाउने ग्राहकको नाम सार्वजनिक गरिएको छ । मेला भदौ २७ गतेसम्म चल्नेछ ।

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा ५० प्रतिशतसम्म छुट दिइएको छ । मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइनेछ भने मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिने प्रालिले जनाएको छ । एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि जानकारी दिइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.