www.tandavnews.com
Fact ~ In search of truth

मोबाइल मेला अाइतबार सम्म

पोखरा, 

गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार पोखरा मोबाइल टावरमा जारी मोबाइल मेला ४ दिन थपिएको छ । भदौ १७ बाट सुरु भएको मेला भदौ २७ सम्म ११ दिन गर्ने तय भएको थियो ।

पोखराको महेन्द्रपुलको मोबाइल टावरमा भएको मेलामा ग्राहकका अभूतपूर्व सहभागिताले मेला अवधि थपिएको प्रचारप्रसार संयोजक नारायण सुवेदीले बताए ।

Batas

एउटै भवनबाट मोबाइलसम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालिले यो बजार सञ्चालन गरेको हो । ११ दिनमा ९० लाख कारोबार भएको सुवेदीले जानकारी दिए ।

टावरमा सम्पूर्ण ब्रान्डका मोबाइलको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले मोबाइल किन्न, बनाउन, जानकारी लिने उपयुक्त गन्तव्य पोखरा मोवाइल टावर बनेको उनको भनाइ छ ।

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा ५० प्रतिशतसम्म छुट दिइएको छ । हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने पोखरा टावरका अध्यक्ष उदय केसी लाहुरे दाइले बताए ।

मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिनेछ । ग्राहकका लागि निःशुल्क र प्रशस्त पार्किङको सुविधा रहेको टावरमा वाइफाइ निःशुल्क छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.