www.tandavnews.com
Fact ~ In search of truth

भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने

 

काठमाडौँ,  (रासस): भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उहाँ भारतको पटनाबाट सीधै जनकपुर आउनुहुने भएको छ ।

सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने, त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

परिपथको उद्घाटनपछि प्रधानमन्त्री ओली काठमाडौँ फर्कने र भारतीय प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा रहनुहुनेछ । मोदीको भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालयबाट सार्वजनिक हुन बाँकी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.