www.tandavnews.com
Fact ~ In search of truth

मोहरिया टोलमा भलपानीले भत्कायो घर

पोखरा
ताण्डव न्यूज ।

पोखरामा आज दिउँसो (मंगलबार) अबेरदेखि परेको वर्षाको कारण एक घर भत्किएको छ ।

Batas

ठूलो वर्षासँगै आएको भलपानीले पोखरा–२, मोहरिया स्थित च्याबु साईको घर भत्किएको हो । उक्त घरमा मान्छे नबस्ने भएकाले मानवीय क्षति नभएको स्थानीय स्रोतले बतायो । तर घर भित्र बाँधी राखिएको भैसीं पुरिएको छ ।

भलपानीका कारण अन्य घरमा समेत क्षति पुर्याउन सक्ने सम्भावना रहेको स्थानीयको भनाई छ ।

घटनास्थलमा सुरक्षा प्रहरी पुगेको जानकारी प्राप्त भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.