www.tandavnews.com
Fact ~ In search of truth

वर्षका पठनीय पुस्तक

पोखरा
ताण्डव न्यूज ।

पोखरामा हप्तैंजसो साहित्यिक गतिविधि हुने गर्छन् ।

कहिले गजल वाचन त कहिले पुस्तक समीक्षा त कहिले पुस्तक हस्ताक्षर । साहित्यिक कृति लेख्नको लागि पनि कति साहित्यकार यहाँ आउने गरेको पाइन्छ ।

Batas

साहित्य र साहित्यप्रति रुची राख्नेहरुको जमात पोखरामा बाक्लो छ । त्यसैले पनि यहाँ धेरै पुस्तक पढिन्छन् ।

वर्ष २०७४ मा पनि यहाँ थुप्रै साहित्यिक गतिविधि भए । नयाँ साहित्यकारहरु जन्मे, कृति प्रकाशन गरे । समग्ररुपमा यो वर्ष थुप्रै कृतिहरु प्रकाशनमा आए । तर, प्रकाशनमा आएका पुस्तकहरु मध्ये पाठकको छनोटमा कमै पुस्तक परे ।

पोखरालाई आधार बनाउँदा यो वर्षको अन्त्य तिर आएको सरस्वती प्रतीक्षाको ‘नथिया’ बढी पढिएको पुस्तक हो । हिमालयन रिडर्स कनर्रका सञ्चालक विजय भण्डारीका अनुसार उपन्यास नथिया पोखरामामात्र झन्डै चार सयको हाराहारीमा बिक्री भयो ।

वादी समुदायको बारेमा लेखिएको र लेखकको पोखरा गृह जिल्ला भएकोले पनि बढी बिक्री भएको अनुमान उनको थियो । ‘लेखको कृति पनि आफैमा सशक्त छ,’ उनले भने ।

उनका अनुसार यसअलावा तीर्थ गुरुङको ‘पाठशाला’, मदनकृष्ण श्रेष्ठको ‘महको म’, नगरकोटीको ‘ढाेंचा’ बढी बिक्री भएका पुस्तकहरु हुन् । यसअघि गनेस पौडेलको ‘पैताला’, हरिवंश आचार्यको ‘हरिबहादुर’ पोखरामा बढी बिक्री भएका पुस्तक हुन् ।

प्रकाशनमा आएका पुस्तकहरु मध्ये पाठकको छनोटमा कमै पुस्तक परे । पोखरालाई आधार बनाउँदा यो वर्षको अन्त्य तिर आएको सरस्वती प्रतीक्षाको ‘नथिया’ बढी पढिएको पुस्तक हो ।

यो वर्ष कविता संग्रहनै आएनन भन्दा पनि हुन्छ । बिक्रीको हिसावमा कविता खासै नहुने भण्डारी बताउँछन् । ‘कविता बढी गए १०–१५ वटा भन्दा जाँदैन,’ उनले भने, ‘मुक्तक संग्रह पब्लिकेसनबाट भन्दा पनि सेल्फ तरिकाले आउने हुँदा यति नै बिक्री हुन्छ भन्ने आँकलन नै हुँदैन् ।’

पाठकले नन फिक्सनभन्दा बढी फिक्सन पुस्तक रुचाएको पाइन्छ । काल्पनिक दुनियाँमा मानिस रमाउने खोज्ने हुँदा फिक्सन बढी रुचाइने उनको ठम्याई थियो । रिडर्स कनर्रबाट बढी सामाजिक विषयवस्तुमा लेखिएका उपन्यास, कथाहरु बढी बिक्री हुने गरेको उनको अनुभव छ ।

‘अझै पनि पढन प्रवृति अलिअलिमात्रै बढ्दैछ,’ उनले सुनाए, ‘निरन्तर पढ्ने पाठकहरु कमै छन् । एउटैले धेरै पटक पढ्नै फरक कुरा हो तर, संख्यात्मक रुपमा पढ्नशैली बढ्दो पाइएको छैन् ।’

अर्का पुस्तक व्यवसायी शिव पौडेलले यो वर्ष उल्लेखनीय मात्रमा पुस्तक नआएका बताउँछन् । उनले पनि यो वर्ष सरस्वती प्रतीक्षाको ‘नथिया’, नारायण ढकालको ‘हजार माइलको बाटो’, नयराज पाण्डेको ‘यार’, निलम कार्की निहारिकाको ‘चिरहरण’ बिक्रीको हिसाव राम्रो भएको जानकारी दिए ।

‘गत वर्षको जस्तो पुस्तक यो पटक आएनन,’ उनले भने, ‘यही वर्षका पुस्तक भन्दा पनि पुराना पुस्तकको खोजी बढी भयो ।’ कथासंग्रहमा महेश पौडेलको ‘त्यसपछि फुलेर गोदावरी’, अर्चना थापाको ‘कठपुत्ला’ राम्रो मात्रा बिक्री भए ।

बामदेव गौतमको ‘नेपाल निर्माणको महाअभियान’, राजनीति पुस्तकमा डम्बर खतीवडाको ‘समाजवादको यात्रा’ बिक्री भयो ।

व्यावसायिक रुपमा पहिलाको जस्तो पुस्तकको विक्री यो वर्ष नभएको उनको भनाई थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.