www.tandavnews.com
Fact ~ In search of truth

फर्स्ट एनिभर्सरी सेलेब्रेसन : ‘दी मुग्लान रेष्टुरेण्ट एण्ड बार’को एक वर्षे यात्रा कस्तो रह्यो ?

पाेखरा
ताण्डव न्यूज । 

दी मुग्लान रेष्टुरेण्ट एण्ड बार । पोखरा शहरवासीमाझ परिचित नाम हो । राजमान थकालीले अस्ट्रेलियाको सिड्नीमा रहेको मुग्लान रेष्टुरेन्ट एन्ड बारको फ्रेन्चाइज पोखराको मिड टाउन ग्यालरियामा सञ्चालनमा ल्याएका हुन् । मुग्लान पोखरा स्थापनाको एक वर्ष मात्रै भएको छ । यो एक वर्ष पुरा गर्दै गर्दा मुग्लान रेष्टुरेण्टआफुलाई स्वादिष्ट परिकार सर्भ गर्ने ब्राण्डको रुपमा स्थापित भइसकेको छ ।

पारिवारीक वातावरणकै कारण पनि यो रेष्टुरेण्टचर्चित छ । मुग्लान पोखराको पहिलो वर्ष कस्तो रह्यो ? आगामी दिनमा कसरी अघि बढ्छ ? एक वर्षे यात्राबारे मुग्लान रेष्टुरेण्ट एण्ड बारका मेनेजर सन्तोष गुरुङसँग ताण्डव न्यूजका माधव भुसालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

Batas

मुग्लानबाट स्वदेश फिरेर सुरु गरिएको रेष्टूरेण्टको पहिलो वर्ष कस्तो रह्यो ?

सुरुसुरुमा केही कठिनाई थिए । नयाँ ठाउँ पनि भयो । अष्ट्रेलियाको फ्रेन्चाइज हामीले ल्याएका हौँ । न्यूरोड एरियामा यस्तो रेष्टुरेण्टथिएन । अवश्यपनि केही च्यालेन्जहरु त हुने भैहाले । तर, विस्तारै हाम्रो टिमको मिहेनतकै कारण पहिलो वर्ष सुखद भएको छ । ग्राहकहरुलाई सन्तुष्टि दिन सकेका छौँ भन्ने लाग्छ ।

विजनेसमा ‘नो रिस्क नो गेन’ भन्ने पनि गरिन्छ । सुरु गर्दै गर्दा केही रिस्कहरु त भए होलान् नै । वर्षअघिको रिस्कले ‘गेन’ चाहीँ कत्तिको भएको छ ?

ठूलो लगानीमा सञ्चालन गर्दैगर्दा रिस्क त थियो नै । हेल्दी एण्ड क्वालिटि फुड, वेल सर्भ, रेस्पोन्स, निट एण्ड क्लिन फेमिलि इनभाइरोमेन्ट लगायतका कुरामा हामी प्रतिबद्ध थियौँ । हाम्रो प्रतिबद्धताले हामीलाई उर्जा दिइरहेको हुन्थ्यो ।

अर्को कुरा, रेष्टूरेण्टको सबै टिम खटिइरहेका हुन्छौँ, ग्राहकको सेवाका लागी । एकपटक यहाँ आउनुभएका ग्राहकहरु पुनः आउने वातावरण सिर्जना गर्न सक्यौँ । अहिले मुग्लान आउने ग्राहकहरुको उत्कृष्ट प्रतिक्रीया नै हाम्रो ‘गेन’ हो ।

एक वर्ष त्यति लामो समय पनि होइन । छोटो समयमै आफ्नो ब्राण्ड पोखरामा स्थापीत गराइसक्नु भएको छ । यो सफलताको पछाडिका कारणहरु ?

सफल हुनुमा त मिहेनत नै ठूलो कुरा हो । यहाँका सम्पूर्ण स्टाफहरु सेफ, वेटर, वेट्रेस, म्यूजिसियन, फोटोग्राफर सबैको टिम वर्क राम्रो छ ।

हाम्रा परिकारहरु, सर्भिस लगायतका यावत् कुराहरुले मुग्लानले गति लिँदै गएको हो । सबैले आ आफ्नो जिम्मेवारी अनुसारको भुमिका अनुशासनपुर्वक निभाएकै कारण मुग्लान यो स्थानसम्म आइपुगेको छ ।

दी मुग्लान रेष्टुरेण्ट एण्ड बारको विशेषता के छ ? ग्राहक मुग्लान रेस्टूरेण्ट नै किन आउने ?

पारिवारीक वातावरण भएको रेष्टुरेण्टहो मुग्लान । थकाली खाना देखि थाइ, चाइनिज फुड हामी सर्भ गर्छौँ । हामीले सर्भ गर्ने आइटम सफा र हाइजेनिक छन् । फेमिलि इनभाइरोमेन्टमा विविध परिकारको स्वादमा म्यूजिक सहितको मज्जा लिनकै लागि मुग्लान विशेष छ ।

हाम्रा ३३ स्टाफहरु निरन्तर खटिइरहनुहुन्छ, ग्राहकको सेवा र सन्तुष्टिका लागि । ग्राहकहरु मुग्लान आएपछि याद ताजा गराइरहन पनि फोटो खिच्ने व्यवस्था पनि छ ।

एनिभर्सरी स्पेशल कार्यक्रमहरुपनि आयोजना गर्नुभएको होला । के के छन् , कार्यक्रमहरु ?

वर्ष वित्दै गर्दाको यो माहौललाई हामीले स्पेशल कार्यक्रमहरु मार्फत मनाउँदै छौँ । यहि १० फब्रुअरी देखि १४ सम्म हामीले मुग्लानमा सांगितिक कार्यक्रमहरु आयोजना गर्दै छौँ । नेपाली संगितका हस्तीहरु ग्राहकका लागि आउँदै हुनुहुन्छ ।

सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, समृद्धी राई, निलिमा थापा मगर, प्राप्ती एण्ड ब्रदर्स ब्याण्ड लगायत मेलोडियस ब्याण्डको प्रस्तुती रहनेछ । ग्राहकहरुकालागि पनि स्पेशल अफरसँगै गिफ्टह्याम्परको व्यवस्था पनि गर्दै छौँ ।

रेष्टूरेण्टलाई आगामी वर्षहरुमा कसरी अघि बढाउने सोच्नुभएको छ ? थप परिस्कृत हुन्छ या अहिले भइरहेकै गतिविधिहरु दोहोरिरहने हुन् ?

मुग्लानमा साथीभाई, परिवार बसेर खानृ रमाउने स्थान त छ नै । अब मिटिङ हल पनि बनाएका छौँ । संगित प्रेमीहरुका ग्राहकहरुकालागि काराओकको व्यवस्था पनि गरेका छौँ ।

हामीले फ्रेस जुस बार, टर्की कवाफ र आइसक्रिम पार्लर सर्भ गर्दै छौँ । यस्तै, बच्चाहरुकालागि इन्डोर प्ले जोन हुनेछ । यसकालागि मेम्बरसिप कार्ड बनाउनु पर्छ । यो हाम्रो कस्ट्युमरकालागि फ्रि अफ कस्ट यो सुविधा दिइनेछ ।

महेन्द्रपुलमा मुग्लान फास्ट फुड सञ्चालनका लागि पनि योजना भएको छ । अर्गानिक परिकारहरुबारे पनि हामी अध्ययन गर्दै छौँ ।

एक वर्षमै यो सफलताको लागि यहाँलाई शुभकामना छ । अन्त्यमा, यहाँका ग्राहकवर्ग शुभेच्छुकहरुलाई के भन्नुहुन्छ ?

जति पनि माया गरेर आउनुभएका ग्राहकहरु हुनुहुन्छ, धेरै धन्यवाद दिन चाहान्छु । एनिभर्सरीमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा यहाँहरुको उपस्थितीकालागि अनुरोध पनि गर्दछु ।

मुग्लान नआउनुभएकाहरुलाई एकपटक यहाँ आएर भिजिट गरिदिनुहुन र परिकारहरुबारे प्रतिक्रिया दिनुहोला भन्न चाहान्छु । ग्राहकहरुको पूर्ण सन्तुष्टीका लागि मुग्लान टीम हरदम तयार छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.