www.tandavnews.com
Fact ~ In search of truth

फोटो डायरीमा मुक्तिनाथको यार्तुङ महोत्सव (१३ फोटो)

मुस्ताङ
तण्डव न्यूज ।

गण्डकी प्रदेशको धार्मिक पर्यटकिय क्षेत्र मुक्तिनाथको रानीपौवामा ‘यार्तुङ महोत्सव– २०७६’ जारी छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजनामा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित महोत्सबको आयोजना गत सोमबार देखी सञ्चालनमा रहेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घोडा चढेर महोत्सवको उद्घाटन गरेका थिए ।

Batas

स्थानियका अनुसार ‘यार्तुङ’को शाब्दिक अर्थ ‘यार’ बर्खा र ‘तुङ’ मेला भन्ने हुन्छ । बर्खायामलाई बिदाई गर्ने पर्वको रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाईने गरिन्छ ।

मेलामा ३.५ र १.५ किलोमिटर गरि दुई फरक दुरिको घोडा दौड प्रतियोगिता, सेभेन ए साइड फुटबल र तारा हान्ने प्रतियोगिता सञ्चालन भैरहेको छ ।

तस्बिर : सुशान्त गाहा मगर/मिलन थापा

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.