www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकको पर्खाइमा मुस्ताङको ठिनी गाउँ

सुशान्त गाहा मगर
मुस्ताङ, ताण्डव न्यूज ।

आँगनमा बिछ्याईएका पङ्तिबद्ध ढुङ्गा । भित्तामा पोतिएका कमेरा । अनि कौसीमा टम्म मिलाएर राखिएका दाउरा र गाउँ वरपर लटरम्म फलेका स्याउबारीहरु घरपझोङ गाउँपालिका वडा नं ५ ठिनी गाउँको परिचय हो । गल्ली, चोक तथा घरहरु एउटै प्रकारका देखिन्छन । झुप्प देखिने अनि शुन्दर देखिने यो गाउँ मुस्ताङको नयां पर्यटकिय गन्तव्यको रुपमा बिकसित बनेको छ । गाउँका स्थानिय युवा युवतीहरु बस्तीमा प्राय दिउसो देखिदैनन् । उनीहरु जोमसोम र आसपासको बिभिन्न कार्यालयमा ब्यस्त रहन्छन ।

स्थानियका अनुसार कोही गैर सरकारी संस्था त कोही नीजि संस्थामा जागिर गर्दै आएका छन् उनीहरु । तर गाँउका पाकाहरु भने होमस्टे सञ्चालन मार्फत पर्यटकलाई ठिनी भित्राउन कसरत गरिरहेका छन् । कुनै टोली नाँचगानको लागि दौडधुप गरिरहेका छन्् भने होमस्टे सञ्चालकहरु व्यवस्थापकिय पक्षलाई मजबुद गर्न लागिपरेका छन् । ठिनी पर्यटकको पर्खाइमा बसेको सामुदायिक होमस्टे सञ्चालक समितिका सचिब जुमा थकाली बताउछिन । आवश्यक पुर्वाधारहरु तय भैसकेको बताउदै उनी गाउँमा आउनका लागि निम्तो दिन्छिन ।

Batas

थकालीका अनुसार १ सय २० बढि घरधुरी रहेको उक्त गाउँमा बिगत २ बर्ष अघिदेखी होमस्टे सञ्चालनमा आएको हो । ५ घर बाट सुरु गरिएको बताउदै पछिल्लो समय १२ घरमा सामुदायिक रुपमा होमस्टे सञ्चालन गरिएको उनको भनाई छ । थकालीले बिगतमा भन्दा यस वर्ष आन्तरिक र बाह्य पर्यटक गाउँ भित्रिएको बताउछिन । ‘पहिले पहिले सांस्कृतिक कार्यक्रम हुने थिएनन् । उनी भन्छिन् ‘अहिले पर्यटक बढेपछि थकाली समुदायमा आधारित नृत्यहरु पनि देखाउन थालेका छौ ।’

यता घरपझोङ गाउँपालिका गाउँपालिका प्रमुख आसबहादुर थाकाली ठिनी गाउँको पर्यटन बिकासका लागि नीतिगत पहल गर्दै आएको बताउछन । उनले ठिनी गाउँ पुरानो र मौलिक संस्कृति बोकेको गाउँ भएकाले पर्यटकिय दृष्टिकोणले उत्कृष्ट गन्तब्य बन्न सक्ने उनी सुनाउछन ।

उनले ठिनी गाउँमा रहेको होमस्टे व्यवस्थित र उत्कृष्ट बनाउनका लागि सञ्चालकहरुलाई लम्जुङको घलेगाउँ, स्याङजाको सिरुबारी लगायतका स्थानमा स्थलगत अध्ययनका लागि पठाएको बताए । उनले ठिनी सामुदायिक होमस्टेको प्रचारप्रसारका लागि १ लाख बिनियोजन गरेको उल्लेख गरे । ‘ठिनी गाउँ हरेक क्षेत्रबाट सम्भावना बोकेको ठाउँ हो । उनले भने, ‘११ सय बर्ष पुरानो ऐतिहासिक महत्व बोकेको गुम्बा लगायतको सम्पदा ठिनीमा छ । यस्ता सम्पदाको प्रबद्र्धन मात्रै गर्न सक्यौ भने पनि पर्यटकहरुलाई गाँउ भित्राउन सकिन्छ ।’ प्रदेश सरकारले समेत ठिनी गाउँको पर्यटन बिकासको लागि सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिको पनि गाउँपालिका प्रमुखको जस्तै तर्क छ । उनले मुस्ताङमा रहेको पर्यटकिय ठाउँ मध्ये ठिनी पनि नंया गन्तब्य बन्दै आएको बताउछन । ठिनी गाउँको पर्यटकिय सम्भावनामा कुनै संका नभएको बताउदै थपलिया भन्छन ‘स्थानियको एकता र मेहनतले ठिनीलाई पर्यटकिय गन्तब्य बनाउनमा महत्वपुर्ण भुमिका खेलेको छ, स्थानियहरु आप्mनो प्रयासमा केही हदसम्म सफल भएको देखिन्छ ।’

पर्यटकिय गन्तब्य बन्नका लागि केही कुराहरुले महत्वपूर्ण भुमिका खेल्ने बताउदै उनले स्थानिय स्तरको आकर्षण, समाजको एकता, जागरुकता तथा बजारसँगको सम्बन्ध अतिआवश्यक रहने बताउछन ।

उनी भन्छन् ‘ठिनी गाउँमा यि सबैको पहुँच छ । त्यसैले उहाँहरु सफल हुने बाटोमा हुनुहुन्छ ।’ पर्यटन बोर्डले ठिनी गाउँमा रहेको ऐतिहासिक गुम्बा तथा धुम्बा तालका लागि बिभिन्न सहयोग समेत गर्दै आएको छ ।

पोखरा देखी ठिनी पुगेका आन्तरिक पर्यटक मिलन थापाले ठिनीमा जोकोही पुग्नैपर्ने बताउछन । ‘यो मेरो पहिलो पटक हो, उनी भन्छन् ‘उहाँहरुले गर्ने आतिथ्यता, थकाली कल्चर, गुम्बा, ताल तथा अर्गानिक खानाहरुले मेरो मनै लोभ्यायो ।’ उनी मुस्ताङ पुग्ने हरकोहीलाई ठिनी गाउँको होमस्टेसँग पिरती गाँस्न सुझाउछन । जोमसोम देखी करिब १५ मिनेटमा पुग्न सकिने ठिनीमा ११ सय बर्ष पुरानो ऐतिहासिक महत्व बोकेको गुम्बा, धुम्बा ताल, गुफा, थकाली संस्कृति तथा मनोरम हिमश्रृङ्खलाहरु देख्न सकिन्छ ।

ठिनीमा क्रियाशिल जनमुक्ति युवा क्लबले बिशेषगरी पर्यटनमा ध्यान दिएको स्थानिय युवा निरज थकाली बताउछन । अग्रजहरु कृषिमा जिबिकोपार्जन गरेको बताउदै पछिल्लो ३÷४ बर्ष यता युवाहरुको पहलमा पर्यटनमा जोड दिएको थकालको भनाई छ ।

उनका अनुसार ठिनीको मुख्य आकर्षणको रुपमा हिउँचितुवा गुफा, ह्यारुचु भ्यु टावर, धुम्बा ताल, तिलिचो पदमार्ग तथा स्याउबारी लगायत रहेका छन् । उनले गत बर्ष १ हजारको सँख्यामा पर्यटक भित्रिएको जानकारी दिदै होमस्टे सञ्चालन पश्चात युवाहरु बिदेशिनुबाट रोकिएको बताए ।

गण्डकी प्रदेशको पर्यटकिय क्षेत्रमा प्रचुर सम्भावना बोकेको ठाउँ मध्येको ठिनी गाउँ पनि एक हो । स्थानिय निकाय, प्रदेश तथा सँघीय सरकारले यस्ता ऐतिहासिक महत्व बोकेको स्थानहरुको बिकास तथा प्रबद्र्धन गर्न सकेको खण्डमा मात्र सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य प्राप्ती गर्न सक्ने देखिन्छ, त्यसैले सम्बन्धित निकायले त्यसतर्फ समयमै ध्यान दिन जरुरी देखिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.