www.tandavnews.com
Fact ~ In search of truth

कास्की : नियमित विद्यार्थीलाई प्रत्येक वर्ष लिईदैं आएको भर्ना शुल्क खारेजको माग

पोखरा
ताण्डव न्यूज ।

नागरिक समाज पोखराले विद्यालयबाट अनावश्यक अभिभावकहरु माथि आर्थिक भार थोपर्ने काम भएको भन्दै जिल्ला शिक्षा कार्यालयलाई ७ बुँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।

कास्कीबाट संचालित अधिकांश विद्यालयबाट अभिभावकहरु माथि विभिन्न बहानामा आर्थिक भार थोपर्ने कार्य भईरहेकोले नागरिक समाजले जिल्ला शिक्षा अधिकारी समक्ष पत्र मार्फत ध्यानाकर्षण गराएको हो ।

Batas

नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले पत्र बुझाउँदै अभिभावक र सचेत नागरिकको मौनताको कारण विकृत मौलाउँदै गएको तर्फ ध्यानाकर्षण गर्न आग्रह गरे ।

१) एउटै विद्यालयमा निरन्तर पठनपाठन गर्दै आएका विद्यार्थीलाई प्रत्येक वर्ष लिइँदै आएको भर्ना शुल्क खारेज गरियोस् ।

२) किताब–कापी र पोशाकका लागि विद्यालयबाट चिट दिई पसल तोक्ने कार्य भइरहेकोमा त्यसको तत्कालै अन्त्य गरी विद्यार्थी–अभिभावकलाई पायक पर्ने पसलबाट खरिद गर्ने स्वतन्त्रता दिइयोस ।

३) हरेक विद्यालयमा छात्र–छात्राका लागि छुट्टाछुट्टै साबुनपानी सहित सफा शौचालयको व्यवस्था गरियोस ।

४) महिनावारी हुने किशोरीहरुका लागि सेनटरी प्याडको अनिवार्य व्यवस्था गरियोस ।

५) विद्यालय कम्पाउन्डदेखि कम्तिमा १०० मिटर क्षेत्रसम्म मदिरा र सूर्तीजन्य पदार्थको बिक्री वितरणमा अविलम्ब कडाइ गरियोस ।

६) विद्यालयको बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने परिपाटीको अन्त्य गरियोस ।

७) निर्देशिका बमोजिम विद्यालय संचालन भए नभएको कडाइका साथ अनुगमन गरियोस । पत्रमा उल्लेख गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीलाई समेत पत्रको बोद्यार्थ उपलब्ध गराई जानकारी गराईएको समाजका संयोजक पौडेलले ताण्डव न्यूजलाई बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.